क्रान्तिकारी (विप्लव) समुह द्धारा तीन कलेजमाथि तोडफोड

काठमाडौँ । अखिल क्रान्तिकारीले बन्दका दिन कक्षा सञ्चालन गर्ने काठमाडौँका तीनवटा कलेजमाथि कारबाही गरेको जनाएको छ ।

अखिल क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेका अनुसार काठमाडौँ मोडेल नर्सिङ कलेज र एसएमएस कलेजले बन्दका दिन कक्षा र प्रशासन सञ्चालन गरेकाले ती कलेजमाथि अखिल क्रान्तिकारीका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

काठमाडौँ मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालय र सिटिइभिटीबाट सम्बन्धन लिएर कार्यक्रम सञ्चालन गर्दै आएको छ भने एसएमएस कलेज, बनस्थलीले सिटिइभिटीका कार्यक्रम सञ्चालन गरिरहेको अखिल क्रान्तिकारीले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी शङ्करापुर एकेडेमी जोरपाटीमा अखिल क्रान्तिकारीका कार्यकर्ताले तोडफोड गरेको अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले बताएका छन् । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice