bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/08/30455 ) ) )

आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्छु – प्रधानमन्त्री

काठमाडौँ   । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक विकासका लागि आफ्नो नेतृत्वको सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधिमण्डलसँगको भेटवार्तामा प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास जरुरी भएको बताएका हुन् ।

आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र मिलेर नै अगाडि बढ्ने उल्लेख गर्दै उहाँले रोजगारी अभिवृद्धि गर्ने कार्ययोजना ल्याउन उद्योगी तथा व्यबसायीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री दाहालले भने “लाखौँ युवा वैदेशिक रोजगारीमा गएका छन् । उनीहरुको जीवन कष्टकर अवस्थामा छ । स्वदेशमै रोजगारीको वातावरण नबनाउने हो भने थप जटिलता पैदा हुन्छ । सरकार प्रभावकारी रुपमा कार्ययोजना ल्याउने तयारीमा छ । निजी क्षेत्रको पनि त्यसमा सकारात्मक सहयोग जरुरी छ ।”

प्रधानमन्त्री दाहालका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाका अनुसार आफू प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै युवालाई रोजगारी दिने विषयमा नीतिगत निर्णय गरेको जानकारी दिँदै सोहीअनुसार कार्यक्रम ल्याउने र त्यसमा सहयोग गर्न चेम्बरका प्रतिनिधिमण्डललाई आग्रह गर्नुभएको थियो ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक विधेयकहरु तत्काल अगाडि बढाउन, आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न आफूहरुले प्रधानमन्त्रीसँग विशेष आग्रह गरेको जानकारी दिए ।

उहाँले मुलुकको व्यापार घाटा बर्सेनि बढ्दै गएकाले त्यसलाई कम गर्न निर्यात बढाउन र निर्यातजन्य उद्योगलाई अनुदान उपलब्ध गराउन तथा कर छुट गर्ने वातावरण बनाइदिन विशेष ध्यानाकर्षण गराइएको बताएका छन् ।

चेम्बरले रोजगारी अभिवृद्धिका लागि ठोस खाका र कार्ययोजना ल्याए सरकारलाई पूर्णरुपमा साथ दिन संस्था तयार रहेको बताएको थियो ।

व्यावसायिक कृषि, निर्यातजन्य उद्योग तथा आर्थिक विकासका लागि नीतिगत प्रस्टता र लगानीमैत्री वातावरण बनाउन चेम्बरले प्रधानमन्त्रीसँग आग्रह गरेको थियो ।

यस्तै, कालोबजारी ऐन संशोधन गर्न, तातोपानी नाका खुलाउन तथा पूर्वाधार विकासका योजना अघि बढाउन चेम्बरले आग्रह गरेको थियो । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice