पत्नी भारत सरकारको जागिरे, पति नेपाल सरकारको मन्त्री !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रका बौद्धिक नेता राम कार्कीले सुचना तथा सञ्चारमन्त्रीमा आइतबार सपथ लिए । उनी नेपाल सरकारको प्रवक्ता तथा प्रभावशाली मन्त्री बने । तर उनकी पत्नी भने भारत सरकारको उच्च तहको कर्मचारी छिन् । पत्नी भारत सरकारकी कर्मचारी, पति नेपाल सरकारको मन्त्री बन्ने सौभाग्य राम कार्कीले पाए ।

नेपाली राजनीतिमा बौद्धिक ब्यक्तिका रुपमा चिनिएका कार्कीको बसोबास भने भारतमा छ । उनको परिवार सिक्किममा बस्दै आएको छ । पत्नी भारत सरकारको जागिरे छिन् । राम कार्की पनि माओवादीबाट कारवाहीका परेपछि सिक्किममा पुगेका थिए ।

सिक्किममा रहँदा त्यहाँका मुख्य मन्त्री पवन चाम्लिङसँग अति निकट भएर उनले काम गरे । चाम्लिङले नै उनलाई राजनीतिमा स्थापित र भारतीय लविमा पारे । त्यही लविका कारण प्रभु साहलाई विस्थापित गरि मन्त्री बनेको आरोप माओवादी केन्द्रभित्रै लाग्न थालेको छ । चाम्लिङको उनले सिक्किममा आर्थिक कारोवार समेत समाल्ने गरेका थिए ।

पहिलो संविधानसभा निर्वाचनमा माओवादीका धेरै नेताले चुनाव जित्दा उनी पराजित भए । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरिएको थियो । तर भारतले एग्रिमो नदिएका कारण राजदूत बन्न सकेनन् । कार्की नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय भएपनि पहिलो पटक मन्त्री बन्ने अवसर पाएका छन् ।

11 Comments
  1. यो खबरमा सिक्किमका मुख्यमन्त्री पवन चामलिङसित जोडिएको प्रसंग बेबुनियाद छ। सिक्किममा राम कार्कीज्यू सन् 1985 -90 को दशकमा पार्थ सारथी नामक व्यक्तिको रुपमा हिमाली बेला साप्ताहिुक नेपाली पत्रिकामा कार्यरत हुनुहुन्थ्यो।उनको पत्नी सेंगा भोटिया सो बेला सूचना तथा जन सम्पर्क विभाग, सिक्किम सरकारमा कार्यरत् हुनु हुन्थ्यो, त्यहीं बेला उनीहरूको परिचय भएर बिहे भएको थियो।राम कार्कीजी माओवादीका एक कर्मठ व्यक्ति थिए, उनी अस्थायीरुपले भारतको सिक्किम राज्यमा आएको थिए, पछि उनी स्वदेश (नेपाल) फर्के माओवादी सत्तामा आएपछि।उनकी श्रीमती भारत सरकार वा केन्द्र सरकार नभएर सिक्किम राज्यको एक जना मानिलो अधिकारी नै हुनुहुन्छ।पत्रकार र सामाजिक तहबाट चामलिङजीसित भेटधाट र चिनाजानी हुनु स्वाभाविक हो तर उनीबाट राजनीति सिकेको, आर्थिक कारोबार चलाएको भने होइन।

  2. मैलेत मसालमा हुदा चिनेको थिए । राम कर्की भनेर तर मन्तिरी हुदा सुरेन्द्र कार्की पो हुनुभएछ । उहाको पृष्टभुमी नेचामा मास्टरी हुदा मेरि श्रीम्स्ती पढ्थिनरे । राम्रै बेक्ती लाग्छ । लामोसमय राजनितिमा सङ्घर्ष गरेको मान्छे हो । हार्दिक बधाई छ ।

  3. तै त माअाेवादी भारतले निर्मित TROZEN HORSE हाे भन्ने फेरि पुष्टि गरेकाे छ ।

    1. Yedi yehi condition ma Kunai madhesh bad neta vaeko vae ke yehi reaction hunthyo adhikari ji ki karki thar vaeko manxe vaera comment yesto ho

  4. कही नभएकाे जात्रा हांडी गाउंकाे जात्रा भने जस्तै कुनै माअाेवादीले नगरेकाे दाैरा सुरुवाल लगाएर शपथ लिएकाे कारण यही हाे त ?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice