उपप्रधानमन्त्री महरा चीन प्रस्थान

काठमाडौँ  । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा उत्तरको छिमेकी मुलुक चीनलाई नयाँ सरकारको चासो र प्राथमिकताका बारेमा जानकारी गराउन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

परिवर्तित राजनीतिक स्थिति तथा नयाँ सरकार गठन भएको सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयअनुसार उपप्रधानमन्त्री महरा राजनीतिक भेटघाटका लागि चीन प्रस्थान गरेक हुन ।

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा रहेको नयाँ सरकारले संविधान कार्यान्वयन, संविधानलाई सर्वस्वीकार्य बनाउने, शान्ति प्रक्रियासँग जोडिएका सत्य निरुपण र बेपत्ता खोजबिनको कार्यलाई निष्कर्षमा पु¥याउने तथा भूकम्पपछिको पुनःनिर्माणको विषयलाई प्राथमिकता निर्धारण गरेको छ ।

चीनतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले दुई देशबीचको सम्बन्ध विकास र विस्तार गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको स्पष्ट पारेका छन् ।

उपप्रधानमन्त्री महराले भने – “नयाँ सरकार गठन भएको परिवर्तित अवस्थामा चीनसँगको सम्बन्धलाई सुदृढ गर्न आफू चीन जान लागेको हुँ, राम्रो सम्बन्ध विस्तार गर्नका निमित्त चीनले गर्ने सहयोग र चीनका नेताहरुको नेपाल भ्रमणको पनि अपेक्षा राख्दछौँ ।

चीनसँग विगतको सरकारले गरेका राम्रा सम्झौतालाई कार्यान्वयन गर्न अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले चीनले  नेपाल सरकारका प्राथमिकतालाई सहयोग गरोस् भन्ने हाम्रो चाहना हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice