प्रधानसेनापति राजेन्द्र क्षत्रीको जन्म २०१७ साल नै होःनेपाली सेना

काठमाण्डौ– नेपाली सेनाले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको जन्ममितिबारे सम्प्रेषण समाचार भाम्रक भएको दावी गरेको छ । सैनिक जनसम्र्पक निर्देशनालयले आईतवार एक विज्ञप्ती जारी गर्दै प्रधानसेनापति राजेन्द्र क्षेत्रीको जन्ममिती २०१७ साल मंसिर १ गते नै रहेको जनाएको छ । विज्ञप्तीमा भनिएको छ –“ नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षेत्रीको वास्तविक जन्म मिति २०१७ साल मंसिर १ गते भएको तथा उहांको सम्पूर्ण प्रमाणपत्रहरुमा समेत उल्लेखित मिति नै जन्म मितिको रुपमा रहेको कुरा नेपाली सेना स्पष्ट गराउन चाहन्छ ।”

खोज पत्रकारिता केन्द्रका लागी पत्रकार सरोजराज अधिकारीले लेखेको समाचारमा प्रधानसेनापति क्षेत्रीले जन्ममिति नै फेरेको दाविसहित समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा तत्कालीन परीक्षा नियन्त्रण कार्यालयको मार्क रजिष्टरमै केरमेट गरी क्षेत्रीले एक वर्ष उमेर सच्याएको आरोप लगाइएको भएपनि सेनाले त्यसलाई भ्रामक समाचार भनेको छ  ।

सेनाले नेपाली सेनामा भर्नाको उमेरको हकमा तत्काल प्रचलित “शाही नेपाली सैनिक नियुक्ति, प्रमोशन र अरु विविध व्यवस्था साधारण नियमहरु २०२०” को नियम ३ (क) मा उल्लेख भए बमोजिम सहायक सेनानी दर्जामा भर्ना हुन छनौट हुने वर्षको बैशाख १ गते १७ वर्ष पुरा भई २१ वर्ष ननाघेको (स्नातक तह उत्तीर्णको हकमा २४ वर्ष ननाघेको) हुनु पर्ने भन्ने प्रावधानको अधिनमा रही क्षेत्री सैनिक सेवामा प्रवेश गरेको दावी छ ।

सैनिक जनसम्पर्क निर्देशनालयको बिज्ञप्ति

१.मिति २०७३ श्रावण २९ गते “प्रधान सेनापतिको शैक्षिक प्रमाणपत्रमा केरमेट” भनी प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको जन्म मिति सम्बन्धमा केहि अनलाईन संचारमाध्यमहरुमा सरोजराज अधिकारीद्वारा संप्रेषण भएको समाचारहरुप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।
२.    आम जनमानसमा सत्य तथ्य खबर सम्प्रेषण गर्नुपर्ने सञ्चार माध्यमहरुले यस प्रकारका भ्रामक खबर सम्प्रेषण गर्नु ज्यादै दुःखद एवं निन्दनीय विषय हो ।
३.    नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको वास्तविक जन्म मिति २०१७ साल मंसिर १ गते भएको तथा उहांको सम्पूर्ण प्रमाणपत्रहरुमा समेत उल्लेखित मिति नै जन्म मितिको रुपमा रहेको कुरा नेपाली सेना स्पष्ट गराउन चाहन्छ ।
४.    त्यसैगरि, उहाँको नेपाली सेनामा भर्नाको उमेरको हकमा तत्काल प्रचलित “शाही नेपाली सैनिक नियुक्ति, प्रमोशन र अरु विविध व्यवस्था साधारण नियमहरु २०२०” को नियम ३ (क) मा उल्लेख भए बमोजिम सहायक सेनानी दर्जामा भर्ना हुन छनौट हुने वर्षको बैशाख १ गते १७ वर्ष पुरा भई २१ वर्ष ननाघेको (स्नातक तह उत्तीर्णको हकमा २४ वर्ष ननाघेको) हुनु पर्ने भन्ने प्रावधानको अधिनमा रही सैनिक सेवामा प्रवेश गर्नु भएको समेत नेपाली सेना प्रष्ट्याउन चाहन्छ ।
५.    तसर्थ यस प्रकारको भ्रामक एवं कपोलकल्पित समाचार सम्प्रेषणले गौरवमय ईतिहास बोकेको नेपाली सेनाको छविमा आँच पु¥याउने हुनाले कुनै पनि समाचार सम्प्रेषण गर्नु पूर्व सो बिषयबस्तुको गाम्भीर्यता र संम्वेदनशीलतालाई ध्यानमा राखी गहिराईमा अध्ययन गरेर समाचार संम्प्रेषण गर्दा आम जनमानसमा सहि संन्देश प्रवाह हुने कुरालाई मनन् गरी समाचार संम्प्रेषण गर्नुहुन नेपाली सेना हार्दिक अनुरोध गर्दछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice