‘ गृहमन्त्रीको निर्देशनमा हाम्रा साथीको छात्तीमा प्रहरीले बुट बजार्यो ।’

जसरी पनि आफ्ना मान्छेलाई नेविसंघको अध्यक्ष बनाउन पार्टी सभापति शेर बहादुर देउवाहरु लागि परेका छन ।
यसकै फलस्वरुप पाँच सय भन्दा बढी फर्जी मतादाता तयार पारिएसँगै कोइराला र रामचन्द्र पौडेल खेमाका विद्यार्थीहरुले अहिले पार्टी कार्यलय सानेपामा शान्तीपूर्ण धर्ना दिइरहेका छन ।
यता, पार्टी सभापति देउवाका दाहिने हात मानिएका विमलेन्द्र निधी गृहमन्त्री छन । यस्को प्रभाव सानेपामा समेत देखिएको छ । शान्तीपूर्ण ढंगले विरोधमा उत्रिएका विद्यार्थी नेताहरुलाई छानी छानी लाठी र वुट बर्साइएको छ । यो सँगै अहिले कांग्रेस पार्टी कार्यलयमा झडपको स्थिती श्रृजना भएको छ ।
शान्तीपूर्ण ढंगले विरोध गर्दा प्रहरीको बुट बर्साइमा परी विनय भण्डारी,निलकण्ठ ढुङ्गना,श्रीहरि ढकाल लगायतका विद्यार्थी नेताहरु घाइते भएका छन ।

तीन हजार चार सय साठी प्रतिनिधि हुनुपर्नेमा फर्जी पाँच सय बढी प्रतिनिधि खडा गरिएसँगै रामचन्द्र पौडेल र कोइराला खेमाका विद्यार्थी नेताहरु विरोधमा उत्रिएका हुन । मनोजमणी अचार्यको समूहले फर्जी मत भएको मतदान प्रक्रियामा भाग नलिने बताइरहेका छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice