यता पनि चिप्लदै छन प्रचण्ड,टुंगो लाग्यो चार राज्यमन्त्रीको

पच्चीस सदस्यीय सानो मन्त्रीमण्डल बनाउने उद्घोष गर्दै आएका प्रधानमन्त्री प्रचण्ड आफ्नै वचनमा चिप्लिएका छन । पार्टी भित्रको गुटबन्दी र उक्त गुट भित्र वढ्दै गएको असन्तृष्टीलाई मिलाउन प्रधानमन्त्रीले आफ्नो पार्टीबाट चार जनालाई राज्यमन्त्री बनाउने तयारी गरिरहेको छ ।
माओवादी स्रोतका अनुसार श्रीप्रसाद जबेगु, सत्यनारायण भगत, राधिका तामाङ र धनमाया विक राज्यमन्त्री हुने भएका छन् । जबेगुलाई स्थानीय विकास, सत्यनारायण भगतलाई उर्जा, राधिका तामाङलाई कृषि र धनमाया विकलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइनेछ । यद्यपि शिक्षा कांग्रेसले लिए धनमाया स्वास्थ्य राज्यमन्त्री बन्नेछिन् ।
माओवादीबाट जनार्दन शर्मा प्रभाकर उर्जा, राम कार्की सञ्चार, हितराज पाण्डे स्थानीय विकास, डिआर पौडेल शिक्षा र अजय शंकर नायक कानुन मन्त्री बन्दैछन् ।माओवादीले छनोट गरेका आठ मन्त्रीमध्य कुनै पनि महिलालाई फुल मन्त्री नबनाएको भन्दै महिला नेतृहरुले प्रधानन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको आलोचना भइरहेको छ ।

One thought on “यता पनि चिप्लदै छन प्रचण्ड,टुंगो लाग्यो चार राज्यमन्त्रीको

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice