प्रधानमन्त्रीद्धारा मन्त्रीपरिषद विस्तार, माओवादी केन्द्रले महिलालाई मन्त्री दिएन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद विस्तार गरेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसले मन्त्रीहरुको सुचि नपठाएपनि प्रधानमन्त्री दाहालले माओवादी केन्द्रका तर्फबाट पाँच मन्त्री थपेका छन् ।
उर्जा मन्त्रीमा जनार्दन शर्मा, स्थानीय विकास मन्त्रीमा हितराज पाण्डे, सुचना तथा सञ्चार मन्त्रीमा राम कार्की र कानुनमन्त्रीमा अजय शंकर नायक र शिक्षा मन्त्रीमा डीआर पौडेल रहने प्रधानमन्त्री निकट स्रोतले बताएको छ । लामो समयदेखि चर्चामा रहेका प्रभु साह मन्त्री बन्न सकेनन् । उनले उर्जा वा स्थानीय विकास मन्त्रालय मध्ये एक दिन प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका थिए ।
माओवादी केन्द्रका तर्फबाट ८ मन्त्रीको टुंगो लागेको छ । तर एउटा पनि महिला मन्त्री बन्न सकेनन् । महिला, आदीबासी र जनजातिबाट राज्य मन्त्री बनाउने आश्वासन प्रधानमन्त्री दाहालले दिएका छन् । यसअघि रेखा शर्मा, सीता नेपाली, आशा कोइराला र राधिका तामाङ चर्चामा थिए ।
माओवादी केन्द्रबाट नाम टुंगो लागेका मन्त्रीहरुको आजै सपथ खुवाउने तयारी गरिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice