bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/08/30288 ) ) )

कृषि विकास बैंकद्वारा ४१ करोड लगानी

उर्लाबारी (मोरङ) । मोरङको उर्लाबारीमा रहेको कृषि विकास बैंकको शाखा कार्यालयले आर्थिक वर्ष २०७२÷७३ मा रु ४१ करोड लगानी गरेको छ ।

सो बैंकका शाखा प्रबन्धक गिरीराज नेपालका अनुसार बैंकले गत आवमा रु ४१ करोड ९५ लाख ६१ हजार लगानी गरेको हो । बैकले रु ३६ करोड ९४ लाख ४६ हजार लगानी साँवा समेत असुलेको छ । बैंकले गत आवमा रु ८६ लाख ८३ हजार खर्च गरेर रु दुई करोड २० लाख ३८ हजार खुद नाफा गरेको प्रबन्धक नेपालले जानकारी दिएका छन्  ।

बैंकले उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकासहित मधुमल्ला, टाँडी, जाँते, हसन्दह, राजघाट र इटहराका बासिन्दालाई सेवा पु¥याउँदै आएको छ । तीस वर्षअघि मोरङको इटहरा–७ बजारमा स्थापना भएको बैंक इटहरा–२ को सोमबारे हुँदै २०५८ सालदेखि उर्लाबारीबाट सेवा दिँदै आएको छ । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice