bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/08/30211 ) ) )

बालुवाटारदेखि बुढानिलकण्ठसम्म गच्छदारको दौड, दाहालको ‘एस’ देउवाको ‘नो’

काठमाडौं । ‘तपाईलाई उपप्रधानमन्त्री बनाउने मेरो योजना थियो, तर देउवाजी मान्नुहुन्न, एक पटक देउवाजीसँग तपाईले कुरा गर्नुहोस् । उपेन्द्रजीलाई म सम्झाउन कोसिस गर्छु, देउवाजीले मानेपछि उपेन्द्रजीले नमानेपनि केही हुँदैन’ सत्ता पक्षिय दल भएपनि सरकारमा जान नपाएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारलाई बुधवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहलले भने ‘समस्या देउवाजीमा छ हामीसँग छैन ।’
लामो समय सत्तामा बसेका गच्छदारको दाहाल नेतृत्वको सरकारमा फेरी उपप्रधानसहित मन्त्री बन्ने धोको थियो । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तगारो बनेपछि उनका लागि सत्ता भ¥याङ निकै कठिन हुन पुगेको छ ।
बुधबार आफु र आफ्नो दललाई सरकारमा लिने बिषयमा छलफल गर्न गच्छदार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्रीसँग झण्डै उनले ४५ मिनेट कुराकानी गरेका थिए । तर प्रधानमन्त्री दाहालले देउवा सहमत नभएसम्म सरकारमा लिन नसक्ने बताएपछि उनी देउवा मनाउन जुटेका छन् ।
देउवालाई भेट्न गच्छदार विहीबार बुढानीलकण्ठ जाने तयारी थिए । तर नेपाल बिद्यार्थी संघको महाधिबेशनको कारण देखाउँदै देउवाले भेट दिन अस्वीकार गरे । देउवाले भेट्न नदिएपछि गच्छदार रामचन्द्र पौडेलसँग पुगेका थिए । रामचन्द्र पौडेलसँग पनि उनले छलफल गरिरहेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री निर्वाचनमा गच्छदारले सघाएका थिए । सघाउनु पूर्व दाहाल र गच्छदारबीच भएको मौखिक सहमतिमा उपप्रधानमन्त्रीसहित २ मन्त्रालय दिने सहमति भएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice