bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/08/30155 ) ) )

चीनको मुल सिद्धान्त बाह्य देशको आन्तरिक मामिलामा हस्तक्षेप होइन

केपी ओली नेतृत्वको सरकार वर्हिगमण भएपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण अन्यौलमा परिरहेका बेला चिनियाँ प्रतिनिधि मण्डलको एक टोली नेपाल आएको छ । भ्रमण टोलीमा चाइना इन्स्टिच्यूट अफ कन्टेम्पोरेरी इन्टिरनेशनल रिलेसन्सका अध्यक्ष डा. जी जेई  पनि सहभागि छन् । उनै प्राध्यापक जी जेईसँग गरिएको संक्षिप्त कुराकानी ।
चिनियाँ राष्ट्रपतिको भ्रमण तयारी चलिरहेका बेला सरकार परिवर्तन भयो, यसलाई चीनले कसरी हेरेको छ ?
तपाईले देख्न सक्नुहुन्छ की चिनियाँ सरकारको मुल सिद्धान्त भनेको अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नु हो । त्यसैले नेपालको राजनीतिक संक्रमण चीनको चासोको केन्द्रमा छैन । किनकी हामी नेपाल राष्ट्रसँग मित्रवत सम्बन्ध विकास गर्न चाहान्छौ । न की कुनै खास राजनीतिक दलसँग । निश्चिय पनि हामीले के आशा गरेका छौ भने नेपालले राजनीतिक स्थिरता कायम गरोस् । किनकी आर्थिक विकासका लागि यो महत्वपूर्ण सर्त हो । चीनका लागि नेपाललाई लिएर एउटा अनुपम अवसर के छ भने यहाँका सवै राजनीतिक दल चीनसँग मित्रवत सम्बन्धमा छन् ।
कतिपयले यसअघिको केपी ओली नेतृत्वको सरकार चीनसँग नजिक रहेको भन्ने थियो । ओली सरकारको बर्हिगमणले चीन चिन्तित भएको हल्ला पनि छ । ओली सरकारले चीनसँग गरेका सम्झौता अव के होलान ?
मैले अघिपनि भने नेपालका सवै राजनीतिक दल चीनप्रति मित्रवत छन् भन्नेमा हामी विश्वस्त छौ । मैले नेपालमा सवै दलका नेता र प्रधानमन्त्रीलाई भेटेको छु ।
विगतका सरकारले गरेका सम्झौता बारे तपाई के भन्नु हुन्छ ?
मलाई विश्वास छ, नेपालसँग भएका सवै सम्झौता  कार्यान्वयन हुनेछन् ।
चिनियाँ राष्ट्रपति अक्टुवरतिर नेपाल आउने चर्चा चलेका छन् तपाईलाई के लाग्छ ?
म आशा गर्छु की नेपालले राजनीतिक स्थिरता कायम गर्नेछ । सम्बन्धित चिनियाँ मन्त्रालयसँग पर्याप्त र गहिरो सम्बन्ध तथा संवाद कायम गरेर राष्ट्रपतिको नेपाल भ्रमण सुनिश्चित गर्नेछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice