‘संसदमा माधव कमरेडको टङ सिलिभ भयो, अब टङै समाउने कुरा भएन’

काठमाडौं । ब्यवस्थापिका संसदमै प्रधानममन्त्री बन्दै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘सपना बाँडेर मात्र हुँदैन प्रधानमन्त्रीजी सपना पुरा गर्ने स्रोत के हो ? देखाइ दिनुहोस्’ भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए ।
ब्यवस्थापिका संसदमा दाहालले गरेको प्रश्नको जवाफ ओलीले मंगलबार धुम्वाराहीबाट दिए । ‘प्रचण्डजी लिखित निवेदन लिएर आउनु परयो, स्रोत कहाँ छ ? म देखाई दिन्छु’ ओलीले भने ‘रकमको अभावमा विकास निर्माणको गति रोकिदैन ।’ लिखितरुपमै ९ महिनाका लागि प्रधानमन्त्री भएका दाहालले संबैधानिक र राजनीतिक गतिरोध ल्याउन खोजेको आरोप समेत लगाए ।
उनले देश कमजोर बनाउन आफ्नो नेतृत्वको सरकार ढालेको बताए । ‘एमाले कमजोर भए देश कमजोर हुन्छ, त्यही भएर सरकार ढालियो’ ओलीले भने ‘मेरो नेतृत्वको सरकार ढाल्न देशी विदेशी शक्ति लागे ।’ ओलीले दाहाल नेतृत्वको सरकार रिमोटबाट चलेको बताए । ‘रिमोट कहाँबाट चल्छ हामी सवैलाई थाहा छ टिभी च्यानल किन फेरियो भनेर हामी इश्यु बनाउँदैनौ ।’
ओलीले आफ्नो सरकारले मधेसी मोर्चाको आन्दोलनमा मारिएका परिवारलाई १० लाख क्षतिपूर्ति दिइसकेकोले फेरी त्यही निर्णय दाहाल सरकारले गरेको बताए । ‘यो सरासर बेमानी हो, सरकारले पहिले नै १० लाख दिइसक्यो फेरी त्यही १० लाख दिने निर्णय गर्नु गलत हो’ ओलीले भने ।
ओलीले मधेसी मोर्चाको आन्दोलनमा घाइतेहरुलाई सरकारले उपचार खर्च गरिसकेको र कतिपय घाइतेलाई दिल्लीसम्म लगेर उपचार गरेको बताए । ‘तर मधेस मोर्चाका नेताहरुले घाइतेलाई होइन, पार्टीलाई उपचार खर्च दिनुस भने, मैले मानिन’ ओलीले भने ‘घाइते ब्यक्ति भएका थिए पार्टी घाइते भएका थिए र ?’
उनले ब्यवस्थापिका संसदमा एमाले वरिष्ठ नेता माधव नेपालले सरकारमा बसेर गुट चलाएको भन्ने आरोपलाई टङ सिलिभको संज्ञा दिएका छन् । ‘माधव कमरेडको टङ सिलिभ भो, अब टङ समाउन जान्नु ?’ उनले भने ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice