एक हजार ३७२ वर्ष कैद असुल बाँकी

चितवन  ।  जिल्ला अदालत चितवनमा फरार दुई हजार १८४ जना अभियुक्तबाट एक हजार ३७२ वर्ष आठ महिना १६ दिन कैद असुल गर्न बाँकी रहेको छ ।

अदालतका अनुसार ती अभियुक्तबाट रु पाँच करोड ५८ लाख ९६ हजार ६४६ जरिवाना असुली बाँकी छ । तीमध्ये कतिपयलाई कैद सजाय मात्र छ भने केहीलाई जरिवाना र बाँकीलाई दुवै सजायको भुक्तानी बाँकी रहेको छ ।

अदालतका अनुसार अहिलेसम्म कैद असुली गर्न ३८९ जना स्वदेशी तथा पाँच जना विदेशीबाट एक हजार ३७२ वर्ष आठ महिना १६ दिन कैद असुलउपर गर्न बाँकी छ भने एक हजार १७८ जना स्वदेशी तथा ११ जना विदेशीसँग रु पाँच करोड ५८ लाख ९६ हजार ६४६ जरिवाना असुली गर्न बाँकी रहेको छ ।

कैद र जरिवाना दुवै लागेका ५५८ जना स्वदेशी तथा १६ जना विदेशी अझै फरार रहेको अदालतले जनाएको छ । जिल्ला अदालतमा परेको मुद्दाअनुसार जिल्लाभित्र र जिल्ला बाहिरका गरी सो सङ्ख्यामा रहेका व्यक्तिबाट कैद तथा जरिवाना असुली गर्न बाँकी रहेको अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालले जानकारी दिएका छन् । बरालका अनुसार आव २०७२÷०७३ मा १०० जना कैद सजाय सुनाइएका फरार रहेका छन् भने जम्मा ३५ जनाबाट ८५८ वर्ष पाँच महिना १६ दिन १२ घन्टा कैद असुलउपर गरिएको छ ।

यस्तै तीन विदेशीसहित ३०६ जनाबाट रु एक करोड १८ लाख ३६ हजार ५२९ जरिवाना असुलिएको छ । जरिवाना र कैद दुवै लागेका पाँच विदेशीसहित २१७ जनालाई कारबाही गरिएको बरालले जानकारी दिएबा छन् ।

सो समयमा जरिवाना असुली गर्नुपर्ने ३३५ जना नयाँ थपिएका छन् भने दुवै सजाय लागेका सात विदेशीसहित ४०१ जना नयाँ थप एका उहाँले बताएबा छन्।

कैद सजाय, जरिवाना र दुवै लागेका गरी विदेशी ३२ जना अझै फरार रहेका छन् । गत वर्षबाट फरार अभियुक्त पक्राउ अभियान थालेसँगै फरार अभियुक्त पक्राउ हुने क्रम बढेको अदालतले जनाएको छ । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice