bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/08/30110 ) ) )

यि नेताको चिन्ता: ‘बधाइ त खाइयो,मन्त्री पो खाइएला कि नखाइएला ?

हेर्नुहोस त मान्छेको तनाव र पीडा पनि कस्तो कस्तो ? प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री बन्ने हल्ला चलाइएका अर्जुन नरसिंह केसी अचेल तनावमा छन । चैन र सुख अचेल गायव छ ।

कारण हो,सामाजिक सञ्जालबाट मात्र होइन ,कसैले भेटेरै त कसैले फोन सम्र्पक गरेरै फोन सम्र्पक गरेर काग्रेंस नेता अर्जुन नरसिंह केसीलाई बधाईको ओइरो लाग्यो ।पहिला गृहमन्त्री बन्ने हल्ला चल्यो । त्यही हल्लासँगै केसीलाई बधाईको ओइरो लाग्यो । आएका बधाई स्वीकार गरे पनि ।
तर जब आफू भन्दा जुनियर बिमलेन्द्र नीधिले उपप्रधान सहित गृह पड्काए,केसीको मन चिढिएन मात्रै उनी पार्टीले भागवण्डा लगाएको रक्षा मन्त्रालयमा लिएर सरकरमा जान  अस्वीकार गरे ।
गृहमन्त्री नपाएको झोकमा सपथ ग्रहण अस्वीकार गरेका अर्जुननरसिंह केसीलाई रक्षा मन्त्री बनाइएको खबर बाहिरियो । यस पछाडि उनलाई बधाइको ओइरो आउन थाल्यो । भन्दै थिए, ‘बधाइ दोहोराएर खाइसके । मन्त्री खाने हो कि होइन थाहा छैन ।’
सशांक कोइरालाको स्वास्थ्यका कारण शेखर कोइरालालाई परराष्टमन्त्री बनाइएको हल्ला चल्यो । तर, उनी नियुक्त भइसकेका थिएनन् । कार्यकर्ताको फोन सहजै उठाउने शेखर भन्दैथिए, ‘पहिले हुन त दिनोस् । अझै केही भएकै छैन ।’
यद्यपि स्रोतका अनुसार,शेखरलाई परराष्ट्रमन्त्री बन्नका लागि वाधक उपेन्द्र यादव बनिरहेका छन । मधेशी गठबन्धनका नेता यादवको आँखा यही मन्त्रालयमा गढेर बसेको छ ।यही कारणले पनि शेखर परराष्ट्रमन्त्री बन्न सकिरहेका छैनन ।

Ram-Karki
मंगलबार माओवादीवृत्तबाट पाँच जना नयाँ मन्त्री छान्यो जसमध्य एक थिए कुनैसमय बाबुराम भट्टराईका निकट रहेका राम कार्की । प्रचण्डले प्रधानमन्त्रीको सपथ खाएकै दिन मन्त्री बन्ने पक्का भनिएका कार्की मंगलबार संचारमन्त्री नियुक्त भएको चर्चा चल्यो । उनलाई धेरैले बधाइ दिए । उनले स्विकारपनि गरे । अझैं पनि उनी शंकामै छन,किनकी नेपालको राजनीतिमा रातारात ‘यू टर्न’भएको धेरै राजनीति खेल कार्कीले देखेकाछन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice