मन्त्री छान्दा माओवादी केन्द्रमा विवाद, जनार्दनको उर्जामा प्रभु साहको तगारो

काठमाडौं । ओली नेतृत्वको सरकार ढाल्न निकै सक्रियता देखाएका नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले ताकेको मन्त्रालयमा प्रभु साहले दावी गरेपछि स्थायी समितिले मन्त्रीको नाम टुंग्याउन सकेन ।
सरकारमा जाने पाँच मन्त्रीहरुको नाम टुंगो लगाउन र स्थायी समितिबाट अनुमोदन गराउन अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका थिए । तर नेता जनार्दन शर्माले ताकेको उर्जा मन्त्रालयमा साहले ताकेपछि विवाद भएको थियो ।
प्रधानमन्त्री दाहालले शर्मालाई उर्जा र साहलाई कानुन मन्त्रीको प्रस्ताव गरेका थिए । तर साहले आफुनो दावी उर्जामन्त्रीमै भएको बताएपछि विवाद भएको थियो । साहलाई उर्जामन्त्री बनाउन निवर्तमान उर्जामन्त्री टोपबहादुर रायमाझीले पनि लविड थालेका छन् । रायमाझी पनि साहकै पक्षमा लागेपछि मन्त्री बैठकले नसकेको एक नेताले बताए ।
त्यसैगरी स्थानीय विकास मन्त्रालयमा पनि विवाद देखिएको छ । निर्वतमान गृहमन्त्री समेत रहेका शक्तिबहादुर बस्नेतले राम कार्कीलाई अघि सारेका छन् भने अन्य नेताहरुले हितराज पाण्डेको नाम अगाडी सारेका छन् ।
बैठकमा सहमति जुट्न नसकेपछि मन्त्री छान्ने जिम्मा अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई दिइएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice