माओवादी केन्द्रले छान्यो पाँच मन्त्रीको नाम, को नेता के मन्त्री बन्दैछन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको नाम टुंग्याएको छ । लामो समयको रस्साकस्सीपछि सरकारमा जाने पाँच मन्त्रीको नाम टुंगो लागेको स्रोतले बताएको छ ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, अर्थमन्त्री कृष्णबहादुर महरा, बर्षमान पुनले सरकारमा जाने पाँच नेताको नाम टुंगो लगाएका छन् ।  सोमबार साँझ बालुवाटारमा बसेको माओवादी नेताहरुको अनौपचारिक बैठकले नाम टुंग्याएको हो । टुंग्याइएका नामलाई मंगलबार माओवादी केन्द्रको स्थायी समितिले अनुमादेन गर्ने भएको छ । मन्त्रीको नाम अनुमोदन गर्न मंगलबार दिउँसो ३ बजेदेखि बालुवाटारमा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ ।
माओवादीबाट जनार्दन शर्मा उर्जा, प्रभु साह कानुन तथा न्याय, डीआर पौडेल शिक्षा, हितराज पाण्डे संघिय मामिला तथा स्थानीय विकास, राम कार्की सुचना तथा सञ्चारमन्त्री हुने भएका छन् । उनीहरुको नाम स्थायी समितिले अनुमोदन गर्ने भएको छ ।
माओवादी नेता जनार्दन शर्मालाई उनी निकटहरुले स्थानीय विकास मन्त्रालय लिन सुझाव दिएका छन् । तर शर्मा भने उर्जा मन्त्रालय लिने सुरका छन् । उर्जा मन्त्रालयमा प्रशु साहले पनि आँखा लगाएका छन् । तर जनार्दनले जुन मन्त्रालय चाहे पनि जान सक्ने स्रोतले बताएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice