खोलाले बगाएर विद्यार्थी बेपत्ता

ताप्लेजुङ ।  लिङ्खिम गाविसस्थित विजय निमाविमा अध्ययनरत एक छात्रा स्कुल जाने क्रममा खोलाले बगाएर बेपत्ता भएकी छन् ।

लिङ्खिम– ३ ओमबहादुर लिम्बूकी १४ वर्षीया छोरी अनिता आज बिहान स्कुल जाने क्रममा सोही गाविसमा पर्ने तावा खोला तर्दै गर्दा खोलामा डुबेर बगेको विद्यालयका प्रअ गायत्री पौडेलले बताए ।
बिहान करिब ९।५० बजे केही साथीसँगै स्कुल जाँदै गर्दा पुल नभएको खोलाभित्रैबाट तर्ने क्रममा उनलाई खोलाले बगाएको हो ।
सोही खोलामा काठको फड्के भए पनि स्कुल जान हतार भएकाले सोही पुल भएदेखि केही माथिको भागबाट छोटो बाटो हुँदै तर्ने क्रममा उनी बगेकी हुन् । केही साथी तरेर अघि बढ्दै गर्दा पछाडिरहेकी लिम्बूलाई खोलाले बगाएको उनका साथीले बताएका छन् ।

सो खोलामा भएको एउटा फड्केसमेत निकै जीर्ण भएकाले त्यहाँबाट खोला तर्न निकै समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । लगत्तै स्थानीय र शिक्षक मिलेर खोजी भइरहेको र  प्रहरीलाई खबर गरिएको बताइएको छ । उनी विजय निमाविमा कक्षा ८ मा अध्ययनरत क्षात्रा हुन । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice