सामुदायिक रेडियो जनताकै रेडियो’ उपराष्ट्रपति पुन

काठमाडौँ  ।  दक्षिण एसियाली सामुदायिक रेडियोहरुको सम्मेलन आज मंगल बार देखि सुरु भएको छ ।

सामुदायिक रेडियो प्रसारक सङ्घ९अकोराब०ले आयोजना गरेको दुईदिने सम्मेलनमा दक्षिण एसियाका आठ देशका प्रतिनिधि सहभागी छन् । कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले सामुदायिक रेडियोहरु जनताकै  रेडियो भएको बताएका छन् ।
उपराष्ट्रपति पुनले नेपालको गणतन्त्र स्थापना सामुदायिक रेडियोले खेलको भूमिकालाई अन्य देशले पनि सिक्न सक्ने बताएका छन । उपराष्ट्रपति पुनले सामुदायिक रेडियोलाई सहयोग गर्ने कार्यक्रम ल्याउनका लागि सरकारको ध्यानाकर्षण पनि गराका छन् ।

कार्यक्रममा अकोराबका अध्यक्ष मोहन चापागाईंले सम्मेलनले दक्षिण एसियाली सामुदायिक रेडियोबीचको सहकार्यको ढोका खोलेको बताएका छन ।
राष्ट्रसङ्घीय विकास कार्यक्रमका उपनिर्देशक हिमा खड्काले सामुदायिक रेडियोहरुले विकासका लागि, महिला सहभागिता र सशक्तीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

सामुदायिक रेडियो प्रसारकहरुको विश्व सङ्गठन९अमार्क०का सहअध्यक्ष मीनबहादुर शाहीले सोह्र वर्षदेखि सामुदायिक रेडियोहरुले आफ्ना लागि छुट्टै खालको नीति बनाउनुपर्छ भनेर वकालत गरिरहेको विश्वका सामुदायिक रेडियोमध्ये नेपालको सामुदायिक रेडियोले उदाहरणीय काम गरेको बताउँदै सामुदायिक रेडियोहरुको प्रविधिको विकासका साथै प्रसारण सामग्रीको विकासमा साझेदारी गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सरकारले नागरिकको सूचनाको हक पूरा गर्न नसकेका बेलामा सामुदायिक रेडियोले त्यस्तो काम गरेको बताएका छन् ।

बङ्गालादेशका सञ्चारमन्त्री हसनुल हेक इनुले अपराध र आतङ्कवादको अन्त्यका लागि पनि सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।  आफ्नो देशको रेडियो बेतारले बङ्गलादेशमा सामुदायिक प्रसारकहरुलाई सहयोग गर्ने र तालिम सञ्चालन गर्ने काम गरेको उदाहरण प्रस्तुत गर्दै उहाँले नेपालमा पनि सोही कार्य गर्न सुझाव दिएका छन् ।

सामुदायिक रेडियो प्रसारक सङ्घका वरिष्ठ उपाध्यक्ष किशोरजङ्ग थापाले सामुदायिक रेडियोहरुको स्वतन्त्रताका लागि पनि उनीहरुलाई आफैँ आम्दानी गर्न सक्ने बनाउनुपर्ने बताएका छन् ।
दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो नेपालमा खुलेको थियो भने पहिलो दक्षिण एसियाली सम्मेलन पनि नेपालमै भएको छ ।   रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice