नेविसंघमा दर्जन नेताका दर्जन उम्मेद्धार, देउवाले महर, पौडेलले आचार्य, सिटौलाले काफ्ले र खड्काले बस्नेत च्यापे

पार्टी सभापति देउवाले नैनसिंह महर, वरिष्ठ नेता रामचन्द्र पौडेलले मनोजमणि आचार्य, कृष्णप्रसाद सिटौलाले कुन्दन काफ्ले र खुमबहादुर खड्काले शुभराम बस्नेतलाई अध्यक्षमा अघि सारेपछि नेविसंघको महाधिबेशन पार्टी नेताको चुनावी मैदान जस्तो देखिएको छ । दर्जनौ नेताले दर्जनौलाई च्यापेपछि अध्यक्ष पदमा मात्र १३ जना चुनावी मैदानमा देखिएका छन् । 

काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिबेशनमा दर्जनौ पार्टी नेताको चाहना बोकेर दर्जनौ विद्यार्थी नेता चुनावी मैदानमा आउने तयारी गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खड्काले आआफ्ना नजिकका बिद्यार्थीलाई चुनावी मैदानमा उतारेका छन् ।
बिद्यार्थीको महाधिबेशनमा पार्टी नेताको फेरो समातेर उठ्नेको संख्या अध्यक्षदेखि सदस्यसम्म रहेको छ । पार्टी सभापति देउवाले अध्यक्षमा नैनसिंह महरलाई अगाडी सारेका छन् भने उनलाई टक्कर दिन वरिष्ठ नेता पौडेलले मनोजमणि आचार्यलाई मैदानमा ल्याएका छन् । लामो समयदेखि बिद्यार्थी राजनीतिमा सक्रिय महर र आचार्य गुटगतरुपमै चुनावी मैदानमा छन् ।
त्यसैगरी पूर्वमहामन्त्री सिटौलाले पनि कुन्दन काफ्लेलाई आफ्नो उम्मेद्धार बनाएका छन् । पार्टी महाधिबेशनमा पनि छुट्टै प्यानल बनाएका सिटौलाले नेविसंघको महाधिबेशनमा पनि आफ्नो गुट निर्माण गरेका छन् । पार्टी प्यानलमा सहयोग गरेका युवा नेता गगन थापाले सिटौलाका उम्मेद्धारलाई सघाउँछन् या सघाउँदैनन् त्यो भने अझै खुल्न सकेको छैन ।
त्यसैगरी पार्टीमा ठुलो प्रभाव राख्ने खुमबहादुर खड्काले पनि आफ्नो छुट्टै प्यानल बनाएका छन् । खड्काले लोकप्रिय विद्यार्थी नेता शुभराम बस्नेतलाई अध्यक्षमा सारेका छन् । खड्काले अध्यक्षदेखि प्रदेशसम्म आफ्नो प्यानलको तयारी थालेका छन् ।
नेताहरुले आफ्नो प्रतिनिधिकारुपमा बिद्यार्थीलाई चुनावी मैदानमा उर्तादा अध्यक्षमा मात्र १३ प्रतिस्पर्धी देखिएका छन् । करिव ४ सयभन्दा बढि उम्मेद्धार हुने आँकलन गरिएको छ । १३१ पदका लागि हुने निर्वाचनमा झण्डै ४ सय बिद्यार्थी उम्मेद्धार हुने भएका छन् ।
उता जितजंग बस्नेत, क्षतिज भण्डारी, निलकण्ठ रिजाल, आनन्द त्रिपाठी र दीपक भट्टराई पनि अध्यक्षका उम्मेद्धार छन् । उनीहरु मध्ये जितजंग बस्नेत देउवाले आफ्नो उम्मेद्धार नबनाएपनि मैदानमा आउने तयारी गरेका छन् । देउवा प्यानलबाट मात्र धेरै प्रतिस्पर्धी देखिएको छ ।
पार्टी नेताहरुको प्रत्यक्ष संलग्नतामा बिद्यार्थीहरु चुनावी मैदानमा आउन थालेपछि महाधिबेशन बिद्यार्थीको भन्दा पार्टी नेताको जस्तो देखिएको छ । बिद्यार्थीलाई फकाउन पार्टी नेताहरु धमाधम प्रतिनिधिहरुलाई टेलिफोन गरिरहेका छन् ।

One thought on “नेविसंघमा दर्जन नेताका दर्जन उम्मेद्धार, देउवाले महर, पौडेलले आचार्य, सिटौलाले काफ्ले र खड्काले बस्नेत च्यापे
  1. कांग्रेसले वाटो छोड्दै गएकोछ । आफ्नो सिद्घान्त माओवादीलाई वुझाएर माओवादीको एजेन्डा स्वीकारो ! अव प्रचन्डलाई पर्मलाऊदैछ । क्रमभंगको सिको गर्दै हिडेको कांग्रेसलाई सही वाटोमा नआए पुराना साथीहरू वहकिने छन् ! मघेसी नेताझै नेतामात्र हुनेछन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice