सहिद पुत्र राजीव कुमार केसीका यस्ता छन एजेण्डा

आसन्न नेपाल विद्यार्थी संघको ११ औं महाअधिवेशनमा सहिद पुत्र राजीव कुमार केसी उपाध्यक्षको मैदानमा भिड्दै छन । उनी प्रदेश नम्बर ६ बाट केन्द्रीय उपाध्यक्षमा चुनावी मैदानमा उत्रिएका छन ।
दश वर्षसम्म चलयमान हुन नसकेको नेपाल विद्यार्थी संगठनलाई गतिशील बनाउन,शिक्षा क्षेत्रमा देखिएका विकृती विसंगती विरुद्ध लड्नका लागि र नेपालको शिक्षा बैज्ञानिक र व्यवहारिक बनाउने उदेश्यले आफ्नो उम्मेद्धारी रहेको केसी सुनाँउछन । ‘जुम्लाको होस वा काठमाडौंको जहाँ रहेका नेपाली हुन तिनले समान शिक्षा पाउनुपर्यो र शिक्षामा समान पहुँच हुन पर्यो’ मेरो मुख्य एजेण्डा नै यही हो ।

rajib nnn
विसं  २०४९ साल यताको स्कूले जीवनदेखि नै नेविसंघको राजनीीतमा सक्रिय छन केसी । स्कूल इकाइको सचिव हुँदै  स्कुल इकाईको अध्यक्ष हुँदै २०५३ मा क्षेत्रिय  कार्यसमितिबाट अगाडि बढेका केसी २०५५ सालमा रत्नराज्यलक्ष्मी क्याम्पस ( आरआर) मा राजनीति गर्न आइपुगे । यता उनीस् अध्ययन गर्दै गर्दा २०५५ सालमा उनको पितालाई माओवादीहरुले निर्मम तबरले हत्या गरे । सहिद परिवारबाट आएका केसी सबै नेता त अग्रजहरुको माया ममता आफूमा रहे पनि नेताको कोटरीभन्दा विद्यार्थीहरुको मतलाई बढी मूल्यवान ठान्छन । अहिले पार्टीमा  देउवा,रामचन्द्र,सिटैला गुट देखिएको छ । यद्यपि २०५८ सालमा पार्टी बिभाजन हुँदा संस्थापन तिर लागेका केसी त्यस यता निरन्तर संस्थापनसँगै छन ।  र केसीको दावा छ , ‘६ नं. प्रदेशका दश जिल्लाका झण्डै झण्डै दुई सय पचास प्रतिनीधिहरुको मत पाएर म जित्ने छु ।’ किनकी कुनै गुट र उपगुट भन्द्या पनि आफ्नो प्रदेशका अग्रजहरुको माया र सदासय केसी प्रति छ ।
उमेरको हदबन्दी
हालै मात्र नेविसंघले आफ्नो विधान संशोधन गरी उमेरको हदबन्दी निर्धारण गरेको छ । आगामी १२ औँ महाधिबेशन देखि ३२ वर्ष माथिका विद्यार्थी नेताले नेविसंघको राजनीति गर्न पाउने छैनन ,। केसी यस्लाई सकरात्मक कदम भएको जवाफ दिन्छन ।

प्रस्तुति: भरत रावल

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice