दरको साटो भोड्का खाने ज्योती मगरलाई हिन्दु जागरणको सनासो !

धर्म संष्कृति कालो धव्वा लगाउन खोजेको आरोप लगाउदै मोडल तथा गायिका ज्योती मगरलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यलयमा उजुरी दर्ता भएको छ । हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा हालै मात्र ज्योती मगरको नयाँ म्यूजिक भिडियो बजारमा आएको छ ।

उक्त म्यूजिक भिडियो छाडा भएको आरोप लगाउदै यस्ले हिन्दू धर्मावलम्बी महिलाहरुको महान् पर्व तीजलाई बद्नाम गर्ने उद्देश्यले ल्याइएको कारण दर्शाउदै गम्भिर ध्यान आर्कषण जनाउदैँ जिल्ला प्रशासन कार्यलय काठमाण्डौमा उजुरी दिइएको छ ।

patra 1.png

ज्योति मगर र कालिञ्चोक डिजिटल नेपाललाई कारबाहिको माग गर्दै जिल्ला प्रशासनमा हिन्दू जागरण नेपालले निवेदन दिएको हो ।

अश्लिलताको पराकाष्टा नाघेको र परिवारका सदस्यहरुसँग बसेर हेर्न समेत लाजै मर्नु गरी विकृति फैलाई कलाकार जस्तो मान्छेले आफूलाई प्रतिष्ठित वा आकर्षक बनाउन अर्धनग्न शरीर देखाएर कस्तो संस्कृति भित्र्याउन खोजेको हो ? भन्दै प्रश्न गरिएको छ ।

त्यसैले कानुन बमोजिम ज्योति मगर र कालिञ्चोक डिजिटल नेपाल नामक स्टुडियोलाई चेतावनी सहित उक्त गैरकानुनी कार्य रोकी हामी, हाम्रो संस्कार र हाम्रो संस्कृतिको जगेर्ना गराउनका लागि कानुन बमोजम कारबाही गराई पाउँ भन्ने अनुरोध गर्दछु बिज्ञप्तीमा भनिएको छ ।

 

 

यस्तो छ ज्योतीको गीत

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice