प्रचण्ड रुपमा माक्र्सवादी सारमा भाग्यवादी: हात हेरेर उम्मेद्धारी,साइत हेरेर बालुवाटार

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रुपमा माक्र्सवादी,सारमा चाहिँ भाग्यवादी हुन ? विहिवार अपरान्ह शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ खाँदै गर्दा ‘ईश्वरको नाममा’उच्चारण नगरी कम्युनिष्ट देखिन खोजेका प्रधानमन्त्री प्रचण्ड पछिल्लो समय ज्योतिषहरुको सल्लाह बमोजिम चलिरहेको रहस्य फेला परेको छ ।
त्यसको पहिलो उदाहरण हो,प्रधानमन्त्री पदको उम्मेद्धारीका लागि संसदमा दर्ता गरिएको पत्र । संसद सचिवालयले प्रधानमन्त्री पदका लागि उम्मेद्धारी दर्ताको सूची विहान ११ बजे देखि अपरान्ह तीन बजे भित्र तोकेको थियो । तर ज्योतिषको सल्लाहमा प्रचण्डले बिहान एघार बज्नुभन्दा पाँच मिनेट अगाडि नै उम्मेद्धारी दर्ता गराएका थिए ।
यो त भयो प्रचण्ड प्रधानन्त्री निर्वाचित हुनु अगाडिको कुरा । प्रधानमन्त्री निर्वाचित भएसँगै शुक्रवार मात्र प्रचण्ड अजय सुमार्गीले आफ्नो साली शिशु अर्यालको नाममा किनिदिएको लाजिम्पाट निवासबाट वालुवाटार सर्दा समेत ज्योतिषीकै सर सल्लाह अनुसार सरेको रहस्य खुलेको छ ।
वालुवाटार सर्नका लागि ज्योतिषीले अपरान्ह २ बजेर ४१ मिनेट पछाडिको समय उपयुक्त रहेको सुझाएसँगै प्रचण्ड आजै ३ बजे ३ नम्बरकै गेटबाट वालुवाटार प्रवेश गरेका छन ।
prachandaयसबाट पनि के बुझिन्छ भने प्रधानमन्त्री प्रचण्ड बाहिर एकाथरी देखाँउछन तर भित्रभित्रै उनी अर्कैथरी गर्दछन । स्मरणीय छ, गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्ड नौ महिनाकै अवधीमा कटवाल काण्डमा परेर कुर्सी छाडेका थिए । जनयुद्द कालमा माओवादीले “धर्म अफिम हो” भन्दै मन्दिरहरु तोडफोड गरेका थिए । पूजारीहरु लखेट्थे । मन्दिरका जमिन कब्जा गर्थे ।  उनीहरु धर्मले मानिसलाई बिगार्छ भन्दै भरमार बिरोध गर्थे ।
डा ऋषीराज बरालले जन युद्दको पन्धौं वार्षीकोत्सवको उपलक्ष्यमा सत्ता र संस्क्रिति भन्ने पुस्तक लेखेका थिए  त्यो पुस्तक बिमोचन गर्न प्रचण्ड राजी भएका थिए । बिमोचन माघ २८ गते १२ बजेलाई तय गरिएको थियो । १२ बज्न ५ मिनेट बाँकि हुँदासम्म फोन गरेर आउने जनकारी दिईएको रहेछ । तर एक बजेसम्मपनि प्रचण्ड आउने भनेर फूल माला लिएर स्वागतका लागि बसेकालाई प्रचण्ड ले बाटोबाटै मन बदलेर जिल्ल्याइदिएको तथ्य उनै बरालहरुले कहाँ विर्सिएका होलान र ?

त्यसको केही समय पछाडि नै सुनसरीको चतरा पुगेर भैसी पूजा गरेको खबर उक्त समयमा भाइरहल भएको थियो । उसो त रातीराती प्रचण्डले कालीबाबालाई भेट्ने गरेको खबरहरु पनि बाहिरिएकै हो ।
प्रधानमन्त्री निर्वाचित हुनु अघिल्लो दिन मात्र उनै प्रधानमन्त्री प्रचण्डले बोल बमवाला वस्त्र पहिरिएको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice