म कुनै नेताको गुटमा छैन,विद्यार्थीको गुटमा छु

यही साउन २३­- २५ गतेसम्म नेपाल विद्यार्थी संघको माहाधिवेशन हुँदैछ । चुनावी मैदानमा विभिन्न गुट मार्फत प्रतिष्पर्धीहरु देखिएका छन । तिनै मध्यका एक हुन हरिश चन्द्र भण्डारी । महाधिवेशनमा ५ नम्बर प्रदेशबाट उपाध्यक्षमा भीडन लागेका चन्द आफूलाई कुनै गुट र उपगुटका नभई विद्यार्थीहरुको उम्मेद्धार दावी गर्दछन ।२०५७ सालदेखि नेविसंघको राजनीतिमा सक्रिय उनै  भण्डारी शंकरदेव क्याम्पस इकाइका सचिव हुँदै त्यहाँका अध्यक्ष समेत रहेर काम गरेको अनुभव छ  । प्रस्तुत छ,नेविसंघ महाधिवेशनको सेरोफेरोमा  एसकाठमाडौका लागि भरत रावलले उनै  भण्डारीसँग गरेको कुराकानीको अंश

तपाईको उपाध्यक्षमा उम्मेद्धारी दिनुभएको छ,एजेण्डाहरु के छन ?

पहिलो त समान शिक्षा, सरकारी होस वा नीजि अर्थात त्रिभुवन विश्वविद्यलायको समेष्टार प्रणाली नै किन नहोस । विद्यार्थीहरुले फाइदा लिन सकेका छैनन । विद्यार्थीहरुको क्षमता विस्तार गरी बजारमा बिक्न सक्ने खालको दक्ष जनशक्ति उत्पादन गर्नै शिक्षा छैन ।

अहिले नेविसंघमा तीनवटा गुट देखापरेको छ । गुटले तपाईको उम्मेद्धारीमा कतिको प्रभाव पार्छ ?

जो मान्छे आफुलाई कमजोर महशुस गर्दछ उसले गुट समाएर अगाडि बढने हो । जोसंग वास्तबिक नेतृत्व गर्ने क्षमता छ उनीहरुलाई गुटले केही प्रभाव पार्दैन । म गुटबन्दीको बिरोधमा छु पहिले देखिनै । विद्यार्थीहरुको हक हितको लागि लड्ने संस्थाको नेतृत्व विद्यार्थीहरुले नै छनोट गर्न पाउनुपर्दछ ।

तपाईले यस्तो बताइरहँदा नेबिसंघका  कतिपए साथीहरु टिके अध्यक्ष बनाउन कम्मर कस्सेर लागि परेका छन  ?

यो त गलत कुरा हो,  पार्टी सभापतिले नै निर्वाचित भएलगतै भोटिङ सिष्टमबाटै चुनाव गराउँछु भन्नुभएको छ ।  त्यही कारणले पनि नेविसंघमा  टिके अध्यक्ष बनाउने फोहोरी खेल हुँदैन भन्नेमा म विश्वस्त छु र पार्टी सभापतिले हामी सबैलाई विश्वस्थ पार्नुभएको छ ।

 विगतका नजिरहरुलाई नियाल्ले हो भने महाधिवेशनको मिति तोकने, प्रतिनिधिहरु आएर फर्कने अवस्थापनि छ नि ?

हो,विगतमा आठ पटकसम्म महाधिवेशन स्थगित भयो । यस अगाडिका पार्टी सभापतिको जोड नेविसंघको निर्वाचन भन्दा पनि संविधान निर्माणमा केन्द्रीत रह्यो ।त्यस समयका लागि मुलुकको पहिलो आवश्यक्त्ता नै संविधान निर्माण थियो । कोइरालाकै नेतृत्वमा मुलुकले नयाँ संविधान पाएको हो । अहिलेका पार्टी सभापति शेरबहादुर देउवा दाईले भन्नुभएको छ ‘अब सँगठनलाई बलियो बनाउदै लैजानु पर्छ । उहाँ  पार्टी सभापति भएको पहिलो मिटिङमा नै भन्नुभएको छ  सबै भातृ संगठनहरुका अधिवेशन छ माहिना भित्र गरी सक्ने । सभापतिकै मुखबाट निस्केको कुरा हामीले कसरी नपत्याउनु ?  हामी महाधिवेशन तयारीको अन्तिम अवस्थामा छौं । त्यसकारण दुबिधा छैन ।

 यसमा तपाईको तयारी के के छ ?

म उपाध्यक्षको लागि मैदानमा उत्रिएको छु । विगत १५ वर्षदेखि निरन्तर नेविसंघका लागि र पार्टीका लागि सर्मपण गरेको छु  योगदान गरेको छु जिल्लाका क्षेत्रका क्याम्पहरु हुन अथवा केन्द्रका क्याम्पस, केन्द्र सबैठउमा  योगदान दिएको छु । मलाई लाग्छ म भन्दा क्षमतावान, र विद्यार्थीमा मर्म बुझ्न सक्ने साथी प्रदेश नम्बर ५ बाट अरु कुनै माइकललाल छैन्न । साथीभाईहरुको सल्लाह,सुझाव अनुसार नै उपाध्यक्षमा उम्मेद्धारी दिएको हु ।

harish sir 2

तपाइ आफूलाई  कुनैपनि गुटमा छैन भनेर दावा गर्दै हुनुहुन्छ । नेताको आर्शिवाद नभई निर्वाचन कसरी जित्नुहुन्छ ?

म नेताको गुटमा छैन । तर विद्यार्थीको गुटमा छु ।  विद्यार्थीहरुको समुहमा रहेकै कारण म आफूलाई फलानो गुटमा जोडिएको छु भन्ने गर्दिन । मेरो विश्वाश सक्कली विद्यार्थी प्रति छ । गुटप्रति विश्वाश छैन ।   यसअगाडि स्वतन्त्र ररुपमा  स्ववियु सभापति समेत रहेर काम गरे । सबैभन्दा बढी मत ल्याएर सभापति भएको हुँ । म आफ्नो कार्याक्षमा, दक्षता आफ्ना साथीभाईमा विश्वास गर्छु । गुट÷उपगुटमा होइन ।

आठ वर्षसम्म नेबिसंघको महाधिवेशन भएन तर यो बीचमा केहि बिद्यार्थी नेताहरुले चन्दा असुलेर घर घडेरी नै जोडिसके ?

हामीले सञ्चारमाध्यमबाटै थाहा पाएको हो । राजनीतिमा सबै असल मान्छे मात्र छन म भन्दिन । पछिल्लो समयमा राजनीति ब्यवसाय हुन गयो । त्यसैकारण त नेविसंघ जस्तो गरिमामय ंस्थामा लुटाहा फटाहाहरुलाई स्थान नदिऊ भनेर मैले उम्मेद्धारी दिएको हुँ ।

तपाईहरुमाथि, विद्यार्थीको मतलाई भ¥याङ  बनाएर चुनाव जित्ने तर उनीहरुको पीरमर्का बिर्सने गर्नुहुन्छ  भन्ने आरोप छ ?

समग्र राजनीति नै यहि सेरोफेरोमा चलेको छ । अहिलेका नेता,सभासद चुनाव लड्छन ,जित्छन तर गाँउ फर्कदैनन चुनाव जितेपछाडि । तर यसो भन्दैमा सबैलाई एउटै डालोमा हाल्न मिल्दैन । भोलीको उदेश्य के हो ?कुन उदेश्यदले  राजनीति गरिरहेको छ त्यो मुख्य कुरा हो । आफू मात्र अगाडि जाने स्वार्थी राजनीति होइन । ासथीभाईका पीर मर्का बुझ्ने र सँगै लैजाने राजनीति हामीले खोजेको हो ।

तपाईले देख्न चाहेको नेविसंघ  चाहिँ कस्तो हो ?

पहिले त यो एउटा विशुद्ध विद्यार्थीहरुको संगठनहो यो । हेर्नुहोस,अहिले सबैभन्दा धेरै बिकृति शिक्षाक्षेत्रमा छ । त्यसकारण,यि सबै बिकृति र बिसंगतिको बिरुद्ध लडनुपर्दछ । यस प्रकारका सम्पूर्ण  विकृती विसंगती विरुद्ध लड्ने नेविसंघ हामीले खोजेको नेविसंघ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice