नेविसङ्घमा उमेरको हद ३२ वर्ष !

काठमाडौँ,। व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घमा निर्वाचित हुन चाहनेका लागि ३२ वर्ष उमेरको हद लागू गरीएको छ ।

सङ्घको ११औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न समन्वयका लागि पार्टीले गठन गरेको निर्देशक समितिले संगठन ३२ वर्षको उमेरको हद लागू हुने गरी विधानको टुङ्गो लगाएको हो ।

यद्यपि उक्त प्रावधान १२औँ महाधिवेशनबाट मात्र लागू हुनेभएको छ । नेविसङ्घको ११औँ महाधिवेशन यही साउन २३ देखि २५ गतेसम्म राजधानीमा हुँदैछ ।

त्यस्तै सङ्घमा अब एक व्यक्ति एक पदको अवधारणा अनिवार्य रुपमा लागू गरीएको छ । कुनै एक पदमा बहाल रहेको व्यक्तिले अर्को पदमा उम्मेदवारी दर्ता गरे उसको तल्लो तहको पद स्वतः खारेज हुने प्रवक्ता युपी लामिछानेले जानकारी दिएका छन् ।

अब सङ्घको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ । जसअनुसार एक अध्यक्ष, सात प्रदेशबाट एक÷एक जनागरी सात, समावेशी चार र दुई मनोनीत गरी १३ जना उपाध्यक्ष रहने छन् ।

त्यस्तै दुई निर्वाचित महामन्त्री र एक मनोनीत गरी तीन महामन्त्री रहनेछन् । सात प्रदेशबाट एक÷एक गरी सात, उपत्यका एक, पिछडिएको क्षेत्र एक, चार समावेशी र तीन मनोनीत गरी १६ सहमहामन्त्री रहने व्यवस्था गरिएको प्रवक्ता लामिछानेले बताए । त्यस्तै एक निर्वाचित कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice