bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/08/29775 ) ) )

देउवालाई थपियो अर्काे तनाव :नेतृले दिईन आत्महत्या गर्ने चेतावनी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीकी एक नेतृले आत्महत्या गर्ने चेतावनी दिएकी छिन् । पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन हुनुपर्ने माग गर्दै अनशनरत विद्यार्थी नेता गणेश सापकोटाकी पत्नी तथा नेविसंघकी नेतृ गौरी पौडेलले पतिको अनशन तोड्न आवश्यक कदम नचाले आत्महत्या गर्ने चेतावनी दिएकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस सभापति देउवाको नाममा एक पत्र लेख्दै गौरीले आफ्ना पति गणेश सापकोटालाई अनशनकै क्रममा केही भएमा आफू पनि प्रजातन्त्रका नाममा बलिदान हुने उल्लेख गरेकी छन् ।

gauri-statush

उनले चेतावनी दिँदै लेखेकी छन् ‘उहाँको मन जसरी पार्टीमा समर्पित छ मेरो मन त्यसैगरी उहाँमै आश्रित छ । बाग्लुङ्गका यी बस्ति र देश सेवा गर्ने अठोटमा निस्कनु भएको पति तथा उहाँको साथि रत्नहरि ढुंगेलको समेत जीवन रक्षा गरिदिनुहुन विक्षिप्त हृदय बाट हार्दिक अनुरोध गर्दछु ।

उहाँकी अर्धा्ङ्गिनी भएकी हुनाले यी स–साना बच्चा र सिउँदोलाई साक्षी राखेर भन्न चाहान्छु ‘तलमाथि नराम्रो केहि भएमा तपाईका नाममा प्रजातन्त्र माग्दै मेरो पनि बलिदानि आइपुग्ने पक्का छ ।’

देउवालाई स्मरण गराउँदै उनले अगाडि लेखेकी छिन्, उहाँको स्वास्थ्य निक्कै बिग्रिएको थियो ।

अहिले पुन: पार्टीकोको आन्तरिक बिवादका कारण ६ दिनदेखि आमरण अनशनमा बस्नुभएको छ ।’ प्रजातान्त्रिक पार्टी्भित्र प्रजातन्त्रको खोजी गर्दा गर्दै तिमीहरुको बुवा ‘‘ मैले यी नावालकहरुलाई कसरी सुनाउन सक्छु ?’

भातृ संगठनकी नेतृले आत्महत्या गर्ने चेतावनी दिएपछि कांग्रेसमा नयाँ तरंग पैदा भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice