सत्यनारायण मण्डल सत्य बन्दा बाटोमै खोसियो गाडी

काठमाडौं । विहीबार नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सपथ ग्रहण कार्यक्रममा निवर्तमान युवा तथा खुलकुदमन्त्री सत्यनारायण मण्डल पनि पुगेका थिए । मन्त्रीका झण्डा हल्लाउँदै सितल निवास पुगेका सत्यनारायणले आफु चडेर गएको झण्डावाल गाडी नवनियुक्त मन्त्रीलाई हस्तान्तरण गरे ।
त्यसपछि उनलाई डेराको घरमा पुग्न कुनै सवारी साधन भएन । त्यही बेला उनले खेलकुद मन्त्रीको सचिवालयमा भएके गाडी सेतो रङको गाडी बोलाए । तर मन्त्रालयका कर्मचारीले निर्वतनमा मन्त्री मण्डललाई गाडी नै दिएनन् । उनी हिडेर निवास पुगे ।

मन्त्री पद सकिएपछि मण्डल बानेश्वरको एक घरमा सरेका छन् । मन्त्री क्वाटर बुधबार नै छोडेका मण्डल सितलनिवासबाट बानेश्वर आउन चाहान्थे । तर कर्मचारले मन्त्री सकिएको केही घण्टामै टेर्न छोडेपनि उनी दुखि हुँदै घर फर्केका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice