सुट र भादगाउँले टोपीमा ठाँटिएर प्रधानमन्त्री प्रचण्डले खाए सपथ

नवनिर्वा्चित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले प्रचण्डलाई सपथ खुवाएकी हुन् ।

उनले देश र जनताको नाममा सपथ ग्रहण गरे । सपथ ग्रहण कार्यक्रममा प्रचण्ड सुट र भादगाउँले टोपीमा सहभागी भए ।

सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, सभामुख, प्रधानन्यायाधीश, संवैधानिक अंगका प्रमुखहरु, सुरक्षा अंगका प्रमुखहरु,  कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत सहभागी थिए ।

साथै बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु पनि सपथ ग्रहण कार्यक्रममा सहभागी थिए । दिउँसो तीन बजे सपथ ग्रहणको कार्यक्रम राखिए पनि मन्त्रीहरुको टुंगो नलागेका कारण आधा घण्टा ढीलो कार्यक्रम सुरु भएको थियो ।

प्रचण्डले आजै सिंहदरवार गएर कार्यभार सम्हाल्नेछन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice