सतीशलाल आचार्यको करमारा धन्दाः करोडौंको प्रस्ताव पुग्यो टंगाल, वूढानिलकण्ठ हुँदै लाजिम्पाटसम्म

करोड खर्चे गरेर स्थापना भएको एनसेलले नेपालबाट अर्बाै रकम लुट्ने योजना बनाएको हरस्य फेला परेको छ ।  यस्का लागि उस्ले विभिन्न शक्ति, निकायहरुसँग प्रभाव र दबाब अगाडि बढाएको छ ।

विभिन्न निकायमा रहेका शक्ति केन्द्रलाई करोडसम्मको प्रभावमा राखी ३० अर्ब राज्यलाई तिर्नुपर्ने रकमबाट उन्मुक्तिका लागि उसले प्रयास गरिरहेको छ ।

सर्वसाधारण र सञ्चारमाध्यमको दबाबमा झन्डै १० अर्ब कर तिरेको एनसेलले बाँकी झन्डै ३० अर्बभन्दा बढी करबापतको रकम छुट गर्नुपर्ने र त्यसबापत कर कार्यालय, प्रधानमन्त्री कार्यालय र अख्तियारका केही कर्मचारीलाई व्यक्तिगत रूपमा पैसा दिने भन्दै डिल गरिरहेको स्रोतले बताएको छ ।

यता, ठूला कर कार्यालयका प्रमुख शोभाकान्त पौडेलसमेत व्यक्तिगत लाभ आउने लोभमा एनसेलले तिर्नुपर्ने बाँकी रकम नतिरे हुने भन्ने अभिव्यक्ति दिँदै हिँड्न थालेका छन् ।

स्मार्ट फोनका सञ्चालक आचार्य दाजुभाइले एनसेल खरिद गरेपछि उनीहरू एनसेलको कर मिनहा गर्न लागिपरेका छन् ।

पौडलेलाई सतीशलाल आचार्य र सचिनलाल आचार्यले पटक–पटक भेटेर एनसेलले तिर्नुपर्ने रमक मिनहा गर्नुपर्ने र जसरी पनि मिलाउन भनेका छन् । आचार्य दाजुभाइले अख्तियार प्रमुख लोकमानसिंह कार्की, प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रीलगायतलाई मिलाइसकेको भन्दै हिँडिरहेका छन् ।
उनीहरूले शेरवहादुर देउवाका पिए भानु देउवा र पत्नी आराजुलाई समेत आकर्षक प्रस्तावसहित लबिङमा लागेका छन् । आचार्यहरूले प्रचण्डको सचिवालयलाई समेत पटकपटक भेटी कन्भिन्स गरेका छन् ।

ठूला कर कार्यालयका प्रमुख पौडेलले अख्तियारमा रहेका प्रहरीका डिएसपी दानबहादुर थापा र अख्तियारकै कर्मचारी सुरेन्द्र सिंहमार्फत आफूले अध्यक्ष लोकमानसिंह कार्कीलाई समेत मिलाइसकेको भन्दै आचार्य दाजुभाइलाई अस्वास्त पारिसकेका छन् । तर, अख्तियारकै केही कर्मचारीले एनसेलको कर छुट गराउने चक्ककरमा अध्यक्ष कार्कीको कुनै संलग्नता नभएको भन्दै थापा र सिंहले एनसेलले ठूलो रकम दिने लोभमा कार्कीको वदनाम गरेको ताएका छन् ।

उता, एनसेलले प्रचण्डको परिवारमार्फत नभए नेता कृष्णबहादुर महरा, वर्षमान पुनमार्फत पनि उन्मुक्तिका लागि सिफारिस गरिरहेको स्रोतको दाबी छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice