यसकारण छाड्ने छैनन प्रधामन्त्री दाहालले लाजिम्पाट दरबार !

प्रधानमन्त्री भएर बालुवाटार सरेपछि के अब प्रचण्डले लाजिम्पाटको विवादित निवास छाड्लान् त ? आम माओवादी नेता–कार्यकर्ताको अपेक्षा छ– छाड्लान् ।

तर लाजिम्पाट स्रोतकाअनुसार, प्रचण्ड लाजिम्पाट ‘दरबारमा’ ताला लाउने पक्षमा छैनन् । त्यहाँ आफ्ना स्टाफ वा परिवारकै केही सदस्य छाडेर लगभग २०० मीटर पर बालुवाटार सर्नेछन् । त्यसो त पार्टीभित्रै भव्य निवास र त्यहाँको चालढालबारे विरोध भएपछि पटक–पटक ‘डेरा खोज्छु, लाजिम्पाट छाड्छु’ भनेकै हुन् तर त्यस्तो लक्षण यसपटकसमेत देखिएको छैन ।

प्रचण्ड किन पनि लाजिम्पाटलाई पूरै छाडिहाल्ने सोचमा छैनन् भने नौ महिनाको लागि भने पनि काँग्रेससँगको सहकार्य कमजोर भएर कुनै पनि बेला प्रधानमन्त्रीबाट हट्नुपर्ने खतरा छँदैछ ।

आफूले एमालेलाई धोका दिएजस्तै काँग्रेसले पनि बीचैमा अलपत्र पार्न सक्छ भन्ने हेक्का छ । सिंहदरबारका सदाबहार विजय गच्छदारले प्रचण्डको सरकारमा जान खुट्टा उचाले पनि अरु मधेशी अहिल्यै सिंहदरबारमा नछिर्ने पक्का छ ।

उनीहरूले सरकारलाई समर्थन दिए पनि दक्षिणले एउटा कार्ड बाँकी नै राख्ने छ । प्रचण्डले चाहिँ ओलीकै पालामा एउटा मन्त्री र २÷३ वटा राज्यमन्त्री थारुहरूलाई दिन्छु भनेका थिए । अहिले त्यो मिलाउनै पर्ने बाध्यतामा छन् ।

रुकुमबाट गणेशमान पुन आएकाले दलित कमाण्डर दलजित श्रीपालीको भाग खोसिएको थियो । शक्ति बस्नेतको सामुन्ने कमजोर ठहरिएका कालिकोटे कमाण्डर महेन्द्रबहादुर शाहीलाई पनि न्याय गर्नुपर्ने छ । कानुन–मन्त्रालय अग्नि खरेलबाट रमेश लेखकमा जाने भएपछि नारायणकाजीको कोटाबाट आकांक्षी रामनारायण बिडारीको पनि के हो, कसो हो भन्न सक्ने अवस्था छैन ।

उता उमेश यादव र गणेशमान पुनबाहेक ओली सरकारका माओवादी मन्त्रीहरूले दोहो¥याउन पाऊँ भन्दै निवेदन हालिरहेको बताइन्छ । पूर्वी तराईको प्रतिनिधित्व गर्छाैं भन्दै अशोक मण्डल र अशोक जयसवाल पनि मन्त्री पदका आकांक्षीको रुपमा उभिएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice