महराको काँधमा बन्दुक राखेर गच्छदारले बनाए उपेन्द्रलाई निशाना

मधेसी मोर्चासँग तीन बुँदे सहमति

काठमाडौं । कांग्रेस, माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तीन बुँदे सहमित भएको छ । प्रधानमन्त्रीको निर्वाचन हुनुभन्दा केही घण्टाअघि मात्र मधेसी मोर्चासँग कांग्रेस माओवादी गठबन्धनले तीन बुँदे सहमति गरेको छ । सहमतिसँगै मधेसी मोर्चाले प्रधानमन्त्री पदमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मतदान गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निःसर्त मतदान गर्ने घोषणा गरेको मधेसी मोर्चा मंगलबार साँझ एकाएक विपक्षमा उभिएको थियो । दिउँसो प्रधानमन्त्री पदमा प्रचण्डको उम्मेद्धारी हुँदा लस्करै लागेर समर्थक बसेका मधेसी मोर्चा नेताहरु साँझ मतदानसम्म नगर्ने निर्णयसम्म किन पुगे ?
कांग्रेस र माओवादी गठबन्धनले माग पुरा नगर्ने भएपछि मधेसी दलहरु पछि हटेका हुन् ? होइन मोर्चा नेताहरु पछि हट्नुको मुल कारक हनु मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार । गच्छदारको एक चालले लामो समयदेखि चल्दै आएको र सहमति हुनै लागेको कांग्रेस माओवादी र मोर्चाको गठबन्धनको सम्बन्धलाई झण्डै तोडिदिएको थियो ।  गच्छदारले नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको काँधमा राखेर हानेको राजनीतिक निशाना मोर्चा नेता उपेन्द्र यादवलाई लाग्यो र सहमतिमा मंगलबार साँझ  हस्ताक्षर हुन सकेन ।
सोमबार कांग्रेस माओवादी र मोर्चाबीच लगभग सहमति भइसकेको थियो । त्यसलाई औपचारिकता दिन शिर्ष नेताहरुले मंगलबार हस्ताक्षर गर्ने समयसिमा पनि निर्धारण गरेका थिए । मंगलबार विहान बस्ने भएको बैठक दिउँसो २ लाई सारिएको थियो । २ बजे मोर्चासँग बस्ने भनिएको अन्तिम बैठक महराले ३ बजेलाई सारेका थिए ।
त्यही बेला महरा लगायत कांग्रेस र माओवादीका नेताहरुले गच्छदारसँग गोप्य बैठकमा पुगेका थिए । गच्छदारसँग छलफल सकिएपछि उनीहरु मोर्चाको बैठकमा पुगेका थिए । मोर्चासँग छलफल चलिरहेका बेला फोरम लोकतान्त्रिकले भने प्रचण्डलाई मतदान गर्ने र सरकारमा जाने औपचारिक घोषणा गरयो ।
उता मोर्चासँग छलफलमा रहेका महरा र नेपाली कांग्रेसका नेता रमेश लेखक सोमवार राति भएका सहमतिबाट पछि हटिसकेका थिए । विहानसम्म सवै ठिक थियो, साँझ एकाएक उहाँहरु कसरी सहमतिबाट पछि हट्नु भयो, यो रहस्यमय छ, उपेन्द्र यादवले भने ।
प्रचण्ड नेतृत्वको सरकारको चावी आफ्नो हातमा लिएर बस्ने उपेन्द्र यादव लगायत मोर्चा नेताहरुको आँकक्षा गच्छदारले एकै पटक तहसनसह गरिदिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice