सरकारमा जान कमल थापाले खुट्टा उचाले, देउवा र दाहालसँग आज भेट्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा नेपाल जाने संकेत गरेको छ । सरकारमा जाने या नजाने बिषयको अन्तिम निर्णय गर्न राप्रपा नेपालले आज संसदीय दल र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाएको थियो । बैठकमा निरन्जन थापा लगाएतका नेताहरुले दाहाल नेतृत्वको सरकारमा जान नहुँने बताएका थिए भने अध्यक्ष थापा लगाएतका केही नेता सरकारमा जाने पक्षमा उभिएका थिए ।
बैठकमा विवाद भएपछि राप्रपा नेपालले मंगलबार निर्णय लिन सकेन । बुधबार विहान निर्णय लिने गरी बैठक स्थगित गरिएको एक नेताले बताए । तीन दिनअघि भावी प्रधानमन्त्री दाहाल र थापाबीच भेटघाट भएको थियो । भेटमा सरकारमा आउन दाहालले निम्तो दिएका थिए । तर थापाले आफुहरुलाई सम्मानजनक मन्त्रालय नदिए सरकारमा नआउने बताएका थिए ।
थापा पक्षधर नेताहरुले सरकारमा नगए राप्रपासँग हुन लागेको एकता भाँडिने भन्दै सरकारमा जानु पर्ने तर्क गर्न थालेका छन् भने अन्य नेताहरु सरकारमा भन्दा पार्टी एकतालाई जोड दिन आग्रह गरिरहेका छन् । थापाले सरकारमा जाने या नजाने बिषयमा र सरकारमा गए कुन मन्त्रालय लिन बिषयमा आज दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
प्रभावशाली मन्त्रालय पाए अध्यक्ष थापा आफै सरकारमा जाने तयारीमा छन् भने अन्य नेताहरु सरकारमा गए सवैलाई पालो दिनु पर्ने पक्षमा छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice