बालुवाटारमा प्रधानमन्त्रीको विदाई फोटो सेसन, सरकारी निवास छाड्ने तरखरमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्ने तयारी थालेका छन् । प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया शुरु भएसँगै उनले बालुवाटारमा सहकर्मीसँग बिदाइ फोटो सेसन गरेका छन् । आफ्नो सचिवालयमा रही काम गरेकाहरुसँग प्रधानमन्त्री ओलीले  सामुहिक र व्यक्तिगत फोटो खिचाएका थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा अन्तिम फोटो सेसन गराएका छन ।

KP-oli

सहमतीय प्रक्रियाबाट नभई बहुमतीय प्रक्रियाबाट आजै प्रधानमन्त्रीको उमेद्धारी दर्ता हुने भएसँगै र भोली वुधवार प्रधानमन्त्रीको चयन हुने भएसँगै वालुवाटार छोड्ने तयारी स्वरुप आज बिहानै उनले फोटो सेसन गराएका हुन । उनले आफ्ना सचिवालय तथा सल्लाहकारहरुको टिमसँग अन्तिम फोटो सेसन गराएका हुन ।

 

पत्नी राधिका शाक्यका साथमा उनले सल्लाहकार र सचिवालयको टिमसँग फोटो खिचांउदाको क्षण बालुवाटार भावपूर्ण देखिन्थ्यो । प्रधानमन्त्री ओली प्रधानमन्त्रीको निर्वाचन भएकै दिन निजी निवास बालकोट जाने तयारीमा रहेको बताइन्छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice