संसद सचिवालयको त्रुटिले प्रधानमन्त्रीको निर्वाचन एक बर्षअघि !

काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले बहुमतिय सरकार गठनको आह्वान गरेलगतै बसेको ब्यवस्थापिका संसद बैठकमा सभामुख ओनसरी घर्तीले १९ साउन २०७३ मा प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिन । तर संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा भने त्रृटि फेला परेको छ ।
संसद सचिवालयले प्रधानमन्त्रीको निर्वाचन १९ साउन २०७२ मा गर्ने तालिका सार्वजनिक गरेको छ । एक बर्ष पुरानो कार्यतालिका त्रृटिका कारण सार्वजनिक भएको छ ।  २०७३ साल साउन १९ हुनुपर्नेमा कार्यतालिका २०७२ साल साउन १९ भएको छ ।
तर कार्यतालिकामा उम्मेद्धारी दिने मिति पनि तय गरिएको छ । प्रधानमन्त्रीको उम्मेद्धारी दिने मिति भने २०७३ साल साउन १८ गते उल्लेख गरिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice