चालीस करोड ऋण लिएका रतन संघाइ पक्राउ परेसँगै जनता बैंकका सञ्चालकहरु तनावमा

औषधी व्यवसायी रतन संघाई प्रहरीको फन्दामा परेसँगै जनता बैंकका सञ्चालकहरुको निन्द्रा र चैन गायव भएको छ । संघाई पक्राउ पर्दा जनता बैंकका सञ्चालकद्धय गुरुप्रसाद न्यौपाने,सांसद उदय नेपाली श्रेष्ठको निन्द्रा र चैन हराएको हो ।
एकातिर मेगा हुँदै माछापुच्छ्रेसम्मको मर्जर तुहिएर चिन्ता, अर्काेतिर ऋण दिइएका व्यवसायीलाई प्रहरीले पक्रेर हत्तु ।
यसरी संघाई र जनता बैंकको कनेक्सन जोडिनुको पछाडिको कारण रहेछ उनै संघाईको कम्पनी आर्य फर्मालाई जनता बैंकले गरेको लगानी । तीन वर्ष अगाडि ४० करोड रुपैंया व्यापारिक कर्जा दिएको रहस्य खुलेको छ । उनै रतनको कम्पनीलाई जनता बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले बैंकको वोर्डको दबाबमा तीन वर्ष अगाडि उक्त ऋण प्रवाह गरिएको थियो ।
नियमित रुपपमा व्याज तिर्दै आएको संघाई गु्रपका अध्यक्ष पवन संघाईका आफन्त हुन रतन संघाई । संघाईको वास जेलतिर हुने भएपछि जनता बैंकले प्रवाह गरेको चालीस करोड रकम डुब्ने पो हो कि भन्ने चिन्ताले ग्रस्तभएका छन अहिले उदय नेपाली र गुरु प्रसाद न्यौपानेहरु ।

guru janta
वर्षमा बल्लतल्ल साढे बत्तिस करोड नाफा कमाउने बैंकको चालीस करोड रकम अन्ततः खरानी हुने भएसँगै जनता बैंकका लगनीकर्ताहरु समेत निराश हुने अवस्थामा पुगेका छन । बैंकले यसै आर्थिक वर्षमा ५० प्रतिशत राइट शेयर दिने निर्णय गरेको छ । यो निर्णय कतै यही कारण फेरबदल हुने त होइन भन्ने चिन्ता समेत लगानीकर्ताहरुमा देखिइएको छ ।
स्मरणीय छ,यस अगाडि झापामा रहेको विएमसी मेडिकल कलेजलाई सहवित्तिकरण कर्जा मार्फत लगानी गरिएको ४० करोड कर्जाले जनता बैंकको सञ्चालकहरुलाई टाउको दुखाइरहेको अवस्थामा संघाईको केशले समस्या थपेको छ ।
रतन संघाई एभरेष्ट इन्सुरेन्स तथा एचपी ग्यासका सञ्चालक समेत हुन । अघिल्लो वर्ष मात्र सरकारले कमसल ग्यास बेचेको भन्दै नेपाल सरकारले एचपी ग्यास बेच्न प्रतिवन्ध लगाएको थियो ।
भारतबाट औषधीमा प्रयोग हुने रसायन ल्याएर लागुऔषध कारोवारीलाई बेचेको आरोपमा संघाइलाई प्रहरीले समातेर अहिले थुनामा राखेको छ । वरिष्ठ अधिवक्ता शभ्भु थापा सहितका पाँच कानुन व्यवासायीहरु संघाईको पक्षमा वकालत गरिरहेका छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice