प्रचण्डसँग हार्ने खेलमा कस्लाइ भिडाउला एमालेले ?

सहमतीय सरकार गठनका Bamdev-Gautamलागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा हिजो  आइतबार सकिएको छ  । काग्रेस नेता शेरबहादुर देउवा नै सहमतीय सरकारको विपक्षमा भएसँगै यो प्रक्रियाका लागि दलहरुले कुनै प्रयास गरेका छैनन ।

काँग्रेस माओवादी गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दैछन् । यस्तो अवस्थामा हार्ने जान्दा जान्दै प्रचण्डसँग मैदानमा को भिड्ला त ? अहिले राजनीतिक वृत्तमा चारजना नेताको नाम चर्चामा छ । ती हुन् नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम, एमाले स‌ंसदीय दलका उपनेता सुवास नेम्वाङ, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी र माले महासचिव सिपी मैनाली ।

यसमध्ये पनि मैनाली र केसीको सम्भावना निकै न्यून छ । एमाले स्रोतका अनुसार प्रचण्डसँग प्रतिस्पर्धा गर्नका लागि सबैभन्दा प्रवल सम्भावना रहेका पात्र पूर्वसभामुख सुवास नेम्वाङ नै हुन् । केही दिनअघि प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रममा व्यवस्थापिका संसदमा दिएको मन्तव्यलाई काउन्टर गरेर चर्चामा आएका नेम्वाङ अहिले एमाले अध्यक्ष एवम्  प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र हुन् ।

 

ओलीले उनकै सल्लाह र सहयोगमा संसदमा कदम चालिरहेका छन् । त्यसैले नेम्वाङले मानेको खण्डमा उनलाई नै प्रधानमन्त्रीको उम्मेद्वार बनाउने मनस्थितिमा प्रधानमन्त्री ओली छन् । यस पटक उम्मेद्वार बन्दा भविष्यमा प्रधानमन्त्री बन्ने आधार तयार हुने भएकाले पनि नेम्वाङलाई मनाउन सकिने उनको विश्वास रहेको बताइन्छ । बामदेव गौतम प्रधानमन्त्रीको भावी उम्मेद्वारका लागि ओलीका दोस्रो विकल्प हुन् । एमाले उपाध्यक्षसमेत रहेका गौतमले ओलीलाई एमाले अध्यक्ष बनाउनेक्रममा महत्वपूर्ण भूमिका खेलेका थिए ।

उपप्रधानमन्त्रीसमेत बनेर पटक पटक शक्तिशाली मन्त्रालय सम्हालिसकेका गौतम प्रधामन्त्रीको कुर्सीका लागि प्रतिस्पर्धा गर्न योग्य पात्र नै हुन् ।

chitrabahadur

 काँग्रेस माओवादी भन्दा अर्को गुटबाट जो उम्मेद्वार बने पनि हार्ने निश्चित छ । यस्तो अवस्थमा आफ्नो पार्टीका नेताहरु प्रतिस्पर्धा गर्न तयार नभएमा ओलीका लागि बाहिरबाट विकल्प खोज्नुपर्ने हुनसक्छ । यदि बाहिरबाट विकल्प खोज्ने हो भने छुट्टै पार्टी अस्तित्वमा राखेर पनि प्रायस् एमालेकै छत्रछायाँमा देखिने माले महासचिव सिपी मैनाली र पुराना कम्युनिष्ट नेता एवम् राजमो अध्यक्ष चित्रबहादुर केसी विकल्पको रुपमा रहेका छन् ।

प्रधामन्त्रीका लागि जो पायो त्यसलाई प्रतिस्पर्धा गराउन नैतिकरुपमा पनि अफ्ठ्यारो पर्न सक्छ । केसी र मैनाली दुवै प्रतिस्पर्धा गराउन सकिने खालका पात्र हुन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice