काम जर्नादन शर्माको जनमैत्री अस्पतालमा,तलव वीर अस्पतालबाट

काठमाडौं । केही समय अगाडि मात्र केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले नक्कली प्रमाणपत्रधारी डाक्टर समायो । यो भन्दा पनि ठूलो अनियमितता भेटिएको छ नेपालको एकमात्र पुरानो वीर अस्पतालमा ।
अस्पतालमा अनियमितताकोह दले सीमा नाघेको छ । ‘जो जेठो बाठो उही वाटो ….’ भनेझै अस्पतालका उपकुलपति गणेशमान गुरुङ तलव वीर अस्पतालबाट खाने र सेवा भने बालाजुमा रहेको एउटा नीजि अस्पताललाई गर्दै आएको रहस्य फेला परेको छ । उपकुलपति गुरुङ बालाजुमा रहेको जनमैत्री अस्पतालका लागि काम गर्दै आएको जनमैत्री  अस्पताल स्रोतले पृष्टी गरेको छ ।
स्मरण रहोस जनमैत्री अस्पतालमा माओवादी नेता जनार्दश शर्मा ‘प्रभाकर’हरुको लगानी रहेको छ । २०७१ सालमा अवैधानिक तवरबाट नियुक्ति भएका प्रतिष्ठानका उपकुलपति डा. गणेशमान गुरुङ, डिन (मोहन) योहनचन्द्र शिवाकोटी र सेवा आयोगका सचिव लक्ष्मण अर्यालले प्रतिष्ठानलाई आफ्ना आफन्त र नातागोताको भर्तिकेन्द्र साथैं भ्रष्टाचारको चरम अखडा बनाउन तल्लिन भएका छन् ।
स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान अयोग र राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारी भर्ना गराउँने सन्दर्भमा सेवा आयोग मार्फत मात्र कर्मचारी भर्ना गराउन निर्देशन दिएको भएपनि उपकुलपति, डिन र सेवा अयोगका सचिवकै मिलेमतोमा सेवा आयोगलाई पूर्ण रुपमा निकम्मा बनाएर आफू निकटका व्यक्तिहरुलाई मात्र प्रवेश गराइएसँगै विरोधका स्वरहरु उँचो भएका हुन ।
२०६२÷०६३ जनआन्दोलनको समयताका बिराटनगरमा रहँदा आन्दोलनकारीका विरुद्धमा पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो सहित जयजयकार गर्दै हिंडे उपकुलपति गुरुङ वीर अस्पतालमा आएसँगै  वीर अस्पतालमा आएका विरामीलाई आफू कार्यरत  जनमैत्री अस्पताल बालाजु र लाईफ केयर अस्पताल सुन्धारामा रिफर गरी चर्को कमिसन असुल्ने गरेको वीरका कर्मचारीहरुले बताउने गरेकाछन ।

janamaitri

नियमानुसार सरकारी अस्पतालमा कार्यरत डाक्टरहरुले अन्य नीजि अस्पतालमा काम गर्न पाउदैनन । तर शक्तिको आडमा गुरुङले नियम कानुनको धज्जी उडाइरहेका छन । यस विषयमा गुरुङसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्र्पकमा आउन चाहेनन ।
प्रतिष्ठानको नियम अनुसार उपकुलपति बन्नका लागि प्राध्यापक हुनुपर्ने व्यवस्था छ ।  सह प्रध्यापक बराबरको शैक्षिक योग्यता भएका गुरुङ नेताहरुकै आडमा उपकुलपति बन्न सफल भएका हुन ।  २०७१ मा उपकुलपति भएपछि गुरुङले गुनासो गर्न आउने कर्मचारीको गुनासो नसुन्ने, एकलौटी ढंगले काम गर्दै आएका छन् । २०७२ को महाभूकम्पको समयमा आफू निकट गौतम मेडिकल डिस्ट्युविटर क्षेत्रपाटीसँग बजार मूल्य भन्दा दोब्बर मूल्यमा औषधी खरिद गरी गुरुङले करोडौं कमिशन लिएको आरोप उनी माथि छ ।
यो  समूहले वीर अस्पतालमा आफू निकट कर्मचारीका छोरा, छोरी, बुहारी र श्रीमतीलाई शाखा अधिकृतदेखि कार्यालय सहयोगीसम्मका पदमा नियम विपरित नियुक्ति दिएर काममा लगाइरहेका छन् । अर्यालले छोरा रोजनलाई प्रतिष्ठानको परिक्षा शाखामा अधिकृत तहमा नियुक्ति दिई काममा लगाइ रहेका छन् । रोजन जस्तै झण्डै ७० जनालाई विना प्रतिष्पर्धा नियुक्ती गरिएको कर्मचारी स्रोतको भनाई छ ।
यद्यपि एसकाठमाडौ डटकमले वीर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा स्वयं प्रकाश पण्डितसँग जिज्ञासा राख्दा ७० कर्मचारी सीधा भर्ना गरिएको तथ्यलाई अस्वीकार गरेका छन ।

3 Comments
  1. यो समाचार स्वाश्थ्य सेवा विभागमा 10 जना मेडिकल अधिकृतको नियुक्तिमा गगन थापाको धाँधलीलाई ढाकछोप गर्न आएको पो हो कि शंका गर्ने ठाउँ देखिदैछ त ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice