bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/07/29402 ) ) )

उपराष्ट्रपतिको हातबाट दीक्षित हुँदा नायिका केकी अधिकारी किन भक्कानिइन ?

दुई वर्ष अगाडि नायिका केकी अधिकारी बहुत तनावमा थिईन । उक्त तनावपूर्ण दिनहरुलाई  शनिवार पनि सम्झिइन कहिल्यै विवादमा नतानिएकी नायिका केकी अधिकारीले ।

केकी अधिकारीको बुवा चलचित्र निर्देशक बद्री अधिकारीको फोटो टाँसेरै एउटा वाणिज्य बैंकले ३५ दिने सूचना निकालेको थियो  पत्रिकामा । उक्त ऋण लिँदा केकी साक्षी बसेकी थिइन । बैंकबाट लिइएको ऋणले दिएको तनाव उनले आफ्नो खुशीको दिन पनि सम्झिइन र मञ्चमै भक्कानिइन ।   हो,यही खुशीमा उनले आफ्नो अमिलो बिगतलाई मञ्चमबाटै सम्झिइन र वारम्वार दोहोर्याईन हिन्दी सिनेमाका नायक अमिताभ बच्चनका भनाई  प्रयास गर्नेहरु कहिल्यै हार्दैनन ।

नेपाली नायिकाहरू पढेलेखेका हुँदैनन् भने धारणालाई चिर्न सफल भईन नायिका केकी अधिकारी । उनी  एमबिए ग्रयाजुयसनबाट दिक्षित भएकी छन्। शनिबार याक एण्ड यति होटलमा आयोजित प्रिसिडेन्टल विजनेश स्कूलको दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुनले दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए। उक्त कलेज अमेरिकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कलेज हो । केकीले ४ जिपिएमा ३.६९ प्राप्त गरेकी हुन ।keki kk

कार्यक्रममा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षाको विकास गरी विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने जनशक्ति निर्माण गर्नुपर्ने खाँचो रहेको बताए । कार्यक्रममा  मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्र कोइरालाले देशमा व्यवस्थापनको अभावले विकासनिर्माणका काम अगााडि बढ्न नसकेको तर्क गरे ।

 कार्यकारी निर्देशक लक्ष्मण केसीले स्वदेशमा अन्तर्राष्ट्रिय तहको गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको बताए भने निर्देशक कल्पना गुरुङले उच्च शिक्षालाई सहज, गुणस्तरीय र सबैको पहुँचमा पुर्याउन सरकारले नीतिगत तथा आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिएकी थिईन ।  कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरिएको थियो ।

One thought on “उपराष्ट्रपतिको हातबाट दीक्षित हुँदा नायिका केकी अधिकारी किन भक्कानिइन ?
  1. Guess more than 100 were graduated on that day. Was she in the highlight due to her stardum. Whar about others? Why were they not mentioned here?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice