मधेसी मोर्चालाई लिखित प्रतिबद्धता दिन प्रचण्ड सकारात्मक, देउवा संकटमा

काठमाडौं । प्रधानमन्त्री पदमा कांग्रेस माओवादीका साझा उम्मेद्धार पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्नुभन्दा पहिले आफ्ना माग पुरा गर्ने लिखित प्रतिबद्धता जनाउन मधेसी मोर्चाले अडान लिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संकटमा परेका छन् ।
मधेसी मोर्चाले उठाउँदै आएका माग संविधान संशोधन गरेर पुरा गर्ने लिखित प्रतिबद्धता उनीहरुले मागेका छन् । संविधान संशोधन गर्न एमाले, राप्रपा नेपालको सहयोग आवश्यक हुन्छ । अहिले लिखित प्रतिबद्धता गर्दा पुरा गर्न नसके आफ्नो नेतृत्वमा बन्ने सरकारमा समस्या हुने देउवाको ठहर छ ।
मधेसी मोर्चाले लिखित प्रतिबद्धता नआएसम्म कांग्रेस माओवादी गठबन्धनलाई सहयोग गर्न नसकिने अडान शनिवारको त्रिपक्षीय वार्तामा पनि गरेका थिए । उनीहरुका मागमा लिखित प्रतिबद्धता जनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक भएपनि देउवा भने अझै सकारात्मक हुन सकेका छैनन् ।
प्रधानमन्त्रीको निर्वाचन ब्यवस्थापिका संसदमा १९ साउनमा हुँदैछ । तर मधेसी मोर्चाले १८ साउनसम्म लिखित प्रतिबद्धता मागेका छन् । मधेसी मोर्चाका लिखित मागहरुलाई लिपिबद्ध गर्न कांग्रेस माओवादी र मधेसी मोर्चाबीच बनेको कार्यदलले अध्ययन गरिरहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice