bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/07/29339 ) ) )

पाँच बर्षभित्र पोर्नस्टार बन्ने मेरो सपना छ, तर कसम हालसम्म भर्जिन छु

अर्चना पनेरु(अभिनेत्री)
म पोर्नस्टार सनी लियोनीको अत्यन्त ठूलो फ्यान हुँ । उनले अभिनय गरेका सबै पोर्न भिडियोहरु मैले नछुटाईकन हेरेकी छु । उनको आँट र हिम्मतले मलाई पोर्नस्टार तिर तान्यो । उनका सवै फिल्म हेरेपछि एक बर्षअघिदेखि मलाई पोर्न फिल्म खेल्ने चाहाना जाग्यो र मैले त्यसलाई सपना बनाएकी छु ।
पहिले जस्तो अहिले धेरै पोर्न फिल्म हेर्न पाएको छैन । कामको व्यस्तताले त्यता समय दिन सकेको छैन । तर फुसर्द मिल्यो भने चाहिँ हेर्ने गरिरहेकी छु । म त्यहाँबाट अभिनय सिकेर पार्न स्टार बन्ने मेरो सपना छ ।
कतिपयले यसलाई बोलाहको संज्ञा पनि दिन्छन् । किनेभने नेपाली समाजमा पोर्न बन्देज छ । बन्देज समाजमा बसेर पोर्नस्टार बन्ने सपना पूरा गर्न सकिँदैन । त्यही भएर म देश बाहिर गएर भएपनि पोर्नस्टार बन्ने योजना बनाएकी छु । पोर्न स्टार बन्न अभिनयको आवश्यकता पर्दछ ।  अहिले नेपाली फिल्ममा अभिनय गरिरहेकी छु । म मेरो पोर्न स्टार बन्ने सपना पाँच वर्ष पछि पुरा गर्नेछु ।

पाँच वर्षसम्म म नेपाली फिल्ममै अभिनय गर्छु । अनि मात्र पोर्न फिल्म खेल्नका लागि विदेश जाने योजना छ । पोर्न फिल्ममा काम गर्दा पहिलो चाहिने कुरा भनेको अभिनय नै हो । त्यसका लागि मैले नेपाली फिल्म खेलेकी हुँ । म अझै ६, ७ वटा नेपाली फिल्ममा काम गर्न चाहन्छु, जसले गर्दा मेरो अभिनयमा निखारता आओस् । अनि मात्र पोर्न फिल्ममा आफुलाई प्रस्तुत गर्न सकु ।
3मेरो योजना पोर्न स्टार बन्ने हो । तर म नेपाली फिल्म खेलिरहेकी छु । यसको एउटै कारण छ, नेपाली फिल्ममा नाम कमाउन चाहान्छु । नाम भएपछि पोर्न फिल्ममा जान सजिलो हुन्छ । पोर्न बाहेकका फिल्ममा चर्चा आएपछि  पोर्नस्टार बन्न सकिने मेरो विश्वास छ ।
मेरो पहिलो फिल्म ‘जिष्म’ हो । फिल्ममा मेरो मुख्य भूमिका गराउने सहमति भएको थियो । तर फिल्मको छायांकन भइरहँदा निर्देशक राजु गिरीले शुभेच्छा थापालाई प्रवेश गराए । शुरुमा उनलाई दुईदेखि तीनवटा दृश्यमा काम गराउने कुरा भएको थियो । तर काम गराउँदै जाँदा मलाई भन्दा बढी उसलाई भूमिका दिइयो, जुन कुरा मलाई चित्त बुझेन । अनि मैले ‘जिष्म’ छाडे । जिष्ममा मलाई पोष्टरमा मात्र समेटिएको छ, फिल्ममा चाहिँ शुभेच्छा नै छिन् । जिष्म छाडेपछि मलाई ‘छेस्को’का कलाकार करण श्रेष्ठ ‘क्रेजी’ले फिल्म ‘छेस्को’मा अभिनयको लागि अफर गर्नुभयो । उहाँको फिल्मको स्क्रिप्ट मनपरेकोले मैले अभिनय गरें ।
विदेशमा गएर पार्न फिल्म खेल्ने मेरो योजना भएपनि हालसम्म कुनै निकायसँग मेरो कुरा भएको छैन । म पाँच वर्षसम्म पोर्न फिल्मका बारेमा विविध कुराको अध्ययन गर्छु । अहिलेसम्म कोही पोर्न मेकरसँग मेरो कन्ट्याक्ट पनि छैन । पाँच वर्षसम्म सबै कुराको अध्ययन गरेपछि मात्र कन्ट्याक्ट गर्नेछु ।
विदेश भन्दा नेपालमै पोर्न फिल्म खेल्न मन छ । तर यहाँ वातावरण छैन । यहाँ पोर्न फिल्म बनाउँदा हरेक दृष्टिकोणले असुरक्षित  छ । त्यसकारण आफ्नो ज्यान जोखिममा पारेर यहाँ पोर्न फिल्मको काम गर्दिन् ।
नेपाली पोर्न फिल्म पनि बनेको सुनेकी छु । वातावरण अनकुल नभएका कारण कलाकारहरु समाजमा आउन सक्दैनन् । नेपाली पार्न फिल्म हेर्न पनि मैले पाएकी छैन । त्यो हेर्न मलाई मन छ । समय मिले हेर्छु ।
म पोर्नस्टार बन्ने सार्वजनिक अभिब्यक्ति दिएपछि धेरैले मलाई सेक्सका बारेमा सोध्ने गर्दछन् । तर म हालसम्म भर्जिन छु । हालसम्म मलाई सेक्सको अनुभव छैन ।
निमेष गौतमसँग गरिएको कुराकानी ।

One thought on “पाँच बर्षभित्र पोर्नस्टार बन्ने मेरो सपना छ, तर कसम हालसम्म भर्जिन छु

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice