bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/07/29319 ) ) )

धनगढीमा यातायात अवरुद्ध हुँदा जनजिवन प्रभावित

धनगढी। सुदूरपश्चिम यातायात व्यवसायी समिति धनगढीले यातायात ठप्प पारेपछि आज यहाँको जनजीवन प्रभावित भएको छ ।

यातायात ठप्प हुँदा धनगढीबाट लामो तथा छोटो दूरीका कुनै पनि बस सञ्चालन हुन सकेका छैनन् ।

सुदूरपश्चिम यातायात र बडिमालिका यातायात व्यवसायी समितिबीच बस सेवा सञ्चालनका विषयलाई लिएर भएको विवादले शुक्रवार उग्र रुप लिएपछि दुवै पक्ष बीच झडप भएको थियो ।

झडपका क्रममा बडिमालिका यातायात समितिको एउटा बसमा क्षति पुगेको थियो भने केही मजदुर घाइतेसमेत भएका थिए । झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले सुदूरपश्चिम यातायातका केही पदाधिकारीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रशासनले ज्यादती गरेको विरोधमा आज यातायात सेवा ठप्प पारिएको सुदूरपश्चिम यातायातका पदाधिकारीले बताएका छन् ।

यी दुई समितिबीच विगत लामो समयदेखि बस सेवा सञ्चालनको विषयमा विवाद हुँदै आएको छ । सुदूरपश्चिम यातायातले ‘सिन्डिकेट’ गरेको आरोप लाग्दै आएको छ भने बडिमालिका यातायातले नियमानुसार व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै आएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice