bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/07/29231 ) ) )

दमकमा बस दुर्घट्ना हुँदा १२ जना घाइते

दमक, १४ साउन । झापाको दमक–चियाबगान सडकखण्डको बेतनी कल्र्भटमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

घाइतेमध्ये बसमा सवार एक वृद्धाको अवस्था गम्भीर रहेको छ । काकड्भिट्टाबाट उदयपुरको बेल्टारतिर जाँदै गरेको मे १ ख ९७१ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार चालकसहित १२ जना घाइते भएका छन् ।

बिहान ७ः३० बजे दमक–१६ स्थित पूर्व–पश्चिम राजमार्गको बेतनी कल्भर्टमा उक्त बस अनियन्त्रित भएर पल्टिँएको हो ।

दुर्घटनामा परी घाइते भएकामध्ये बेल्टार–६ निवासी ६० वर्षीया याममाया कटुवाललाई थप उपचारका लागि विराटनगर पठाइएकोे इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । अन्य घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice