टिकेप्रथाबाट नेविसंघको राजनीति चल्दैन !

नेविसंघको ११ औं महाअधिवेशनको पर्खाइमा नौ वर्ष बिताइसके विद्यार्थी नेताहरु ।  यही भीडमा आफ्नो अलग पहिचान बनाउन सफल भएका छन विद्यार्थी नेता निलकण्ठ रिजाल । झण्डै २५ वर्ष अघि नेविसंघ स्कूल कमिटिको सचिव हुँदै आफ्नो राजनीतिक यात्रा सुरुवात गरेका रिजालले क्याम्पसको स्ववियू सदस्य,स्ववियू सचिव,प्राविधिक विद्यार्थी परिषद्को केन्द्रीय अध्यक्ष हुँदै नेविसंघ केन्द्रीय सदस्य,सहमहामन्त्रीसम्मको जिम्मेवारी बहन गरिसकेकाछन ।आफ्नो चुनाबी प्रचार प्रसारको क्रममा ‘मेची महाकाली’ यात्रा सकी नयाँ उत्साह र उर्जा लिएर साउन २३-२५ गते सम्म काठमाडौंमा हुने नेविसंघको ११ औं महाअधिवेशनमा आफूलाई अध्यक्षको सशक्तको दाबेदारको रुपमा उभ्याएका छन ।

“संगठन व्यक्तिले होइन बिधिले सञ्चालन गर्नुपर्दछ । संगठनको नेतृत्व व्यक्तिले होइन विचारले गर्नुपर्दछ” भन्ने मान्यता राख्दै एक वैचारिक अभियान,हाम्रो नेविसंघ­- संगठित र प्रशिक्षित नेविसंघ लिएर मुलुकको ६८ जिल्लामा पुगिसकेका रिजालले आफ्नो राजनीतिक,शैक्षिक एंव सांगठानिक दृष्ट्रिकोणहरु प्रस्तुत गर्दै आगामी महाअधिवेशनमा ­आफू अध्यक्षमा बिजयी हुने दावा गरेका छन ।
नेविसंघ एंव नेपाली कांग्रेससँग सम्बन्धित थुप्रै पुस्तकहरु प्रकाशन गरी वौद्धिक र इमान्दार नेताको रुपमा सुपरिचित नेता रिजाल भन्छन­ “ हिजोका महाअधिवेशनहरु केवल नेतृत्व छनोटमा केन्द्रीत थिए । तर अबको महाअधिवेशनमा वैचारिक प्रतिष्पर्धा हुनुपर्दछ । जस्को विचारलाई विद्यार्थीहरुले मन पराएर अत्याधिक मत दिन्छन । त्यसैको आधारमा नेतृत्व छनोट हुँदै संगठनको गतिबिधीहरु सञ्चालन गर्नुपर्दछ ।”
संगठनको लामो समयदेखि अधिवेशन नहुने,नेतृत्वमा एकै व्यक्ति लामो समय देखि दोहो­र्याउँदै रहिरहने, नेतृत्व छनोट निर्वाचन भन्दा नेताको आर्शिवादबाट गरिने प्रचलनले गर्दा संगठनमा सक्रिय साथीहरुको उर्जा हराएदै गएको सन्र्दभमा रिजाल भन्छन­ “ त्यसैले त हामीले सांगठानिक सुधारका लागि समयमै महाअधिवेशन समयमै नेतृत्व हस्तान्तरण, एक व्यक्ति एक पद एक कार्यकालको लागि, नेतृत्वको छनोट निर्वाचनबाटै गरिनुपर्ने जस्ता कुरा स्पस्टसँग विधानमै लेखिनुपर्ने जस्ता मुद्धा लिएर टिके प्रथाको पूर्ण अन्त्यका लागि संर्घष गरिरहेकाछौं ।”nilkantha

मुलकु संघीयतामा प्रवेश गरिसकेको सन्र्दभमा भौगोलिक पुर्नसरचना भन्दा पनि शैक्षिक पुर्नसंरचनाले मात्र मुलुकको विकास सम्भव हुने हुँदा शिक्षा भित्रको राजनीतिकरण,व्यापारिकरणको अन्त्य गर्दै निशुल्क,वैज्ञानिक,प्राविधिक,व्यवहारिक र रोजगारमुलक शिक्षालाई राज्यले जोड दिनुपर्ने आफ्नो शैक्षिक एजेण्डामा उनले प्रस्तुत गरेका छन ।
शिक्षित यूवाहरुलाई राज्यबाट अनिवार्य रोजगार अथवा बेरोजगार भत्ताको संविधानमै व्यवस्था गर्नुपर्ने एंव सरकारले भर्खरै ल्याएको विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखी ऋण दिने व्यवस्था रिजालले धेरै पहिला देखि उठाउदै आएको मुद्धा हो ।
विद्यार्थी राजनीतिको क्रममा नेताहरु भष्ट्रचारमा फस्न थालेपछि रिजाल थप्छन­“नैतिकता इमान्दारिता र निष्ठापूर्वक आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाउन सकिदैन भने आफ्नो चरित्र र निष्ठालाई डगमगाउन दिनु हुँदैन  बरु आफ्नो राजनीतिक यात्रालाई नै तिलाञ्जली दिन सक्नुपर्दछ ।”

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice