तराई डुब्दा काठमाडौंमा के गर्दैछन मधेशका नेता ?

संविधानमा मधेशीलाई  उपेक्षा गरेको नाममा नौ महिना सम्म आन्दोलनमा उत्रिएका मधेशी नेताहरु तराई डुवानमा पर्दा किन कोही बोलिरहेका छैनन । नौ महिनासम्म जनतालाई सडकमा उतारेर यिनीहरुको अन्तिम लक्ष्य केपी ओली नेतृत्वको सरकार ढाल्नु मात्र थियो ? ओली नेतृत्वको सरकार ढलेसँगै यीनको आन्दोलन रहस्यमय ढंगले किन तुहियो ?  अहिले प्रचण्ड नेतृत्वको सरकार बन्ने तयारी हुँदैछ । मधेशी नेताहरुलाई सबैभन्दा बढी टाउको दुखाईको विषय बनेका रहेछन विजय गच्छदार ।

पार्टी फुटाएसँग भाउन्निएका उपेन्द्र यादवले विजय गच्छदारलाई आरोप लगाउथे त्यो गच्छदार होइन,गद्धार हो । पार्टी फुटाउदाको तुष यादवमा कतिसम्म बाँकी रहेछ भने गत शनिवार संसदमा प्रधानमन्त्री केपी शर्मा ओली माथि अविश्वासको प्रस्ताव चल्दै गर्दा प्रचण्डलाई मुसाबाट सजग रहन सुजाए । त्यसकै अघिल्लो दिनमात्र गच्छदारले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

शनिवार नै अन्तराष्टिय सम्मेलन केन्द्रमा शेखर कोइरालासँग गफिदै थिए यादव । यसपटकको सरकारमा पनि उही सामेल हुन्छ मधेशको नाममा त्यसैले खाओस । हुन पनि सत्ता भनेपछाडि नैतिकता बिर्सिएर लिसोझै टासिने गच्छदारले ४८ साल यता एक पटक राज्यमन्त्री सहित ११ पटक मन्त्री पडकाइसकेकाछन ।

gachha

४८ सालमा गिरिजा प्रधानमन्त्री हुँदा सञ्चारराज्यमन्त्री हुँदै सत्ताको स्वाद चाखेका गच्छदार ५२ सालमा देउवा नेतृत्वको सरकारमा निर्माण तथा यातायात,५४ सालमा सूर्य बहादुर थापा प्रधानमन्त्री हुँदा निर्माण तथा यातायात,५५ सालमा गिरिजा प्रधानमन्त्री हुँदा उही मन्त्रालय पड्काएका उनी सन्त नेता कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री हुँदा नागरिक उड्यन र जलस्रोत मन्त्री बन्न भ्याए । ५८ सालमा देउवा प्रधानमन्त्री हुँदा जलस्रोत,६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा भौतिक योजना,६६ सालमा माधव कुमार नेपालको नेतृत्वमा उही भौतिक योजना,६८ सालमा वावुराम भट्टराईको नेतृत्वमा उपप्रधान सहित गृह मन्त्रालयको स्वाद चाखेका उनले केपी ओली नेतृत्वको सरकारमा समेत भौतिक योजना मन्त्रालयमा बसेर तर मारे । ११ पटक मन्त्री बन्दा ६ पटक भौतिक योजना मन्त्रालय हात पारी घर घडेरी त कति जोडे कति ।rajkishor

हुन त मधेशका   नेता तराई जलमग्न हुँदा हजारौं घर डुवानमा पर्दा समेत काठमाडौंमै केन्द्रीत छन ।मेशशकै नामबाट पटक पटक वाणिज्य तथा  आपूर्ती मन्त्री बनेका राजेन्द्र महत्तो, उपप्रधान सहित परराष्टमन्त्री पड्काएका उपेन्द्र यादव,पटक पटक भौतिक योजना तथा पूर्वाधारमन्त्री बनेका हृदयेश त्रिपाठी,पर्यटनमन्त्री बनेका शरदसिंह भण्डारी,मधेशी जनताको नाम बेचेर सञ्चारमन्त्री सम्म बनेका राजकिशोर यादव सबै सत्तामा केन्द्रीत छन ।

मेधशा चर्काे वकालत गर्ने राजेन्द्र महत्तो,उपेन्द्र यादव,महन्थ ठाकुर,हृदयेश त्रिपाठी,शरदसिंङ भण्डारी,राजकिशोर यादवझैं  गच्छदारले पनि काठमाडौं छोड्न सकेका छैनन । न त अहिले उनीहरुले मधेशका पीडा  कतै उठाएकै सुनिएको छ ।

तराई जलमग्न भएर त्यहाँका जनताले सास्ती पाइरहँदा विजय गच्छदार नयाँ किनेको घरमै आराम गरिरहेका छन । राजेन्द्र महतो पार्टी कार्यलयमा राजनीतिक  गफ चुट्नमै व्यस्त छन । महन्थ,हृदयेशहरु पनि पार्टी कार्यलयमा बसेर राजनीतिकको गफ चुटिरहेका छन ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice