गरिमामय सदनमा मान्यज्युका तुच्छ शब्द

काठमाडौं । पछिल्लो समय व्यवस्थापिका संसद बैठकमा  निकै उश्रृङखल शब्दको प्रयोग हुन थालेको छ ।  बैठकमा बोल्ने सांसदहरु तल्लोस्तरको शब्द चयनमा गर्न थालेपछि सभामुख ओनसरी घर्ती समस्यामा पर्न थालेकी छिन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैले वनाएको सरकार ढालेर अर्को सरकार निर्माणका लागि  नेपाली कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गरे । अविश्वास प्रस्तावमा छलफल गर्न रोष्ट्रममा पुग्ने सांसदहरुले अनैतिक तवरले भाषाशैली प्रयोग गर्न थालेका छन् । अबिश्वासको प्रस्तावका पक्षमा बोल्ने कांग्रेसमा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक सन्तुलन गुमेको बताए । त्यही शब्दले संसदमा हंगामा मच्चियो ।

एमालेका सांसदहरुले नियमापत्ति जनाए पछि उनको उक्त भनाई संसदको रेकर्डबाट हटाउन सभामुख ओनसरी घर्तिमगरले रुलिङ गरिन् । पुर्वसभामुख तथा एमाले संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नयाँ सरकार गठन गर्नका लागि संबैधानिक समस्या उत्पन्न हुने भनि दिएको अभिव्यक्तिप्रति कांग्रेसका सांसद रमेश लेखक वाक् युद्धमा नै उत्रिए ।

त्यसैगरी, नेकपा एमालेका सांसद राजेन्द्र पाण्डेले एमाओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भैसी ब्यापारीसँग तुलना गरेर अविश्वास प्रस्ताव उपर आफ्नो मन्तव्य राखे । मंगलबार पनि यस्तै एउटा तुच्छ शब्दको प्रइोग भयो । बाधा अड्काउ पुकाउन आदेशमाथी छलफल गर्न मंगलबार  कांग्रेस सांसद सुरेन्द्र चौधरीले पूर्वसभामुख तथा एमाले संसदीय दलका उपनेता नेम्वाङलाई ग्याङको नेता भएको गम्भिर आरोप लगाए । एमाले सांसदले नियमापत्ति जनाए पछि ‘ग्याङ’ शव्द रेकर्डबाट हटाउन सभामुख घर्तिले निर्देशन दिइन् ।

नेपालको एकमात्र कानुन निर्माण गर्ने थलो व्यवस्थापिका संसदका सांसदहरु एक पछि अर्को गर्दै आफ्नो मर्यादालाई रत्तिभर ख्याल नगरी मननपेका सांसदहरु माथि घिनाहा शब्द चयन गरेर अक्षेप लगाइरहेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice