गच्छदारलाई सत्ताको भर्‍याङमा उपेन्द्र यादवको तगारो

काठमाडौं । ओली सरकार ढाल्न आन्दोलन छोडी संसदमा पुगेका मधेसी मोर्चाका नेताहरुले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारलाई सरकार नलिन कांग्रेस र नेकपा माओवादी केन्द्रका शिर्ष नेताहरुसँग आग्रह गरेका छन् ।
‘मधेसी मोर्चालाई सरकारमा ल्याउने हो भने, गच्छदारलाई सरकारमा ल्याउनु हुँदैन’ संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग यस्तो सर्त राखेका छन् । दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर मधेसी मोर्चाका नेताहरुले गच्छदारलाई सरकारमा नल्याउन आग्रह गरेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले राजीनामा दिएको अघिल्लो दिन गच्छदारले सरकारबाट फिर्ता हुने निर्णय गर्दै भावी सरकारमा जान बार्गेनिङ गरिरहेको थियो । गच्छदारले दाहाल र देउवासँग सरकारको बार्गेनिङ गरिरहेको थाहा पाएपछि मधेसी मोर्चाका नेताहरु उनलाई रोक्न सक्रिय भएका हुन् । गच्छदारलाई सरकारमा नलिए र मधेसी मोर्चाले उठाएका केही माग पुरा गर्ने प्रतिबद्धता जनाए सरकारमा जाने संकेत उनीहरुले गरेका छन् । यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर सरकारमा जाने पक्षमा छन् भने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सरकारमा जान नहुँने पक्षमा छन् ।
केही समय पहिले गच्छदारलाई सरकारमा लिन दाहाल र देउवा दुवै सहमत थिए । तर मधेसी मोर्चाको सर्तले उनीहरु पनि अप्ठेरोमा परेका छन् । मधेसी मोर्चालाई सरकारमा ल्याए ओली सरकार ढाल्नुको औचित्य पुष्टी हुने आंकलन दाहाल र देउवाले गरेका छन् । दाहाल र देउवाको यही आँकलनका कारण यसपटक भने गच्छदार सत्ताको भर्याङ चड्ने सम्भावना कम हुँदै गएको छ ।
नेपाली राजनीतिका चर्तुर खेलाडी गच्छदार डा. बाबुराम भट्टराई नेतृत्वको सरकारदेखि सत्ताभित्रै छन् । जति वटा सरकार परिवर्तन भएपनि उनी उपप्रधानसहितको मालदार मन्त्रालयमा बस्दै आएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice