राष्टपतिको प्रस्ताव कांग्रेस सभापतिद्धारा अस्वीकार, सहमतिय सरकार बन्नै नसक्ने दावी

काठमाडौ । राष्टपति विद्यादेवी भण्डारीले शिर्ष तीन दलका शिर्ष नेतासँग असन्तुष्टी पोखेकी छिन् । संसदभित्र र बाहिर अनाहकमा आफ्नाबिरुद्ध नेताहरुले अभिब्यक्ति दिएको भन्दै उनले असन्तुष्टी जनाएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि भावि सरकार गठनका बिषयलाई लिएर राष्टपति भण्डारीले तीन दलका शिर्ष नेतालाई सितल निवास बोलाएकी थिइन । सितल निवास पुगेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भण्डारीले असन्तुष्टी राखेको स्रोतले बताएको छ ।
शिर्ष दलका तीन नेतासँग राष्टपति यादवले झण्डै तीन घण्टा लामो छलफल गरेकी छिन् । भावि सरकार गठन, सहमतिको सम्भावना, देशी विदेशी शक्तिको चलखेकाका बिषयमा कुरा भएको स्रोतले बताएको छ । भण्डारीले संविधान कार्यान्वयनका लागि सहमति सरकार गठन गर्न आग्रह गरेकी थिइन । तर नेपाली कांग्रेसका सभापति देउवाले सहमतिय सरकार गठन गर्न नसकिने जानकारी दिए ।
लोकतन्त्रमा बलियो प्रतिपक्ष नभए देश अराजकतातिर जाने भन्दै तत्काल कांग्रेस र एमाले मध्ये एक मात्र सरकारमा जान सक्ने बताएका थिए । प्रधानमन्त्री ओलीले पनि राष्टिय सहमित बने आफ्नो दल बाधक नहुँने बताएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice