यि हुन मन्त्री बन्न पाँउ भन्दै भारतीय दुतावासमा बिन्तीपत्र हाल्नेहरु

काठमाण्डु, १० साउन– ओली सरकार ढलेसँगै सबैभन्दा बढी  खुशीयाली दक्षिणी मुलुक भएको छ । त्यहाँका सञ्चारमाध्यमहरुले यस्लाई पृष्टी गरिरहेकै समयमा त्यो भन्दा बढी हर्षोल्लासमा छन माओवादी केन्द्र र  काग्रेसी केही नेताहरु ।Udaya-Samser-Rana
तिनीहरुमा मन्त्री बन्न पाइने  भयो भनेर भुँइमा खुट्टा छैन । केपी ओली सरकारविरुद्ध २०७३ असार २९ मा संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरु मन्त्री बनाइ पाउँ भन्दै नेपालस्थित भारतीय दूतावास लैनचौर धाउने ताँती लागेको खबर छ ।

min

रजदूत रञ्जीत रे, डिसिएम विनयकुमार, पोलिटीकल सेक्रेटरी गोपाल कृष्णनन्, रिसर्च एण्ड एनालाइसिस विङका प्रमुख विवेक जोहरी र भर्खरै कार्यभार सम्हालेका काउन्सिलर पी छिरिङलाई भेटघाट गरेर महत्वपूर्ण मन्त्रालयसहित उपप्रधानमन्त्री, मन्त्री बनाई पाउँ भनेर बिन्तीपत्र हाल्नेहरुको सूची लामो छ । अधिकांश काग्रेसका नेता भारतीय दुतावासमा मन्त्री पद माग्दै पुगेका छन ।  फाष्ट ट्याक भारतलाई जिम्मा लगाउन कस्सिएका शेरबहादुर देउवाका विश्वाश पात्र विमलेन्द्र निधि,लामो समयसम्म कोइराला क्याम्पपमा रहि हालै मात्र देउवा क्याप्प प्रवेश गरी महाअधिवेशनमा लज्जाजनक पराजय बेहोरेका  अर्जुननरसिंह केसी,कोइराला मन्त्रीमण्डलका विवादस्पद छविका मीनेन्द्र रिजाल,उदय शमशेर राणा,अजय चौरसिया, वीरबहादुर बलायर,बालकृष्ण खाँडलगायत एक दर्जनभन्दा बढीको ताँती लागेको भारतीय दूतावासस्रोतले जनाएको खबर आजको  साँघु साप्ताहिकले प्रकाशन गरेको छ ।

2 Comments
  1. ie kutta haru le garda aaja des yesto abasthama pugyo . indian rajdutko chakadi garne dalal haru ho aba pheri chunab aaosna .

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice