प्रचण्डले भनेः प्रधानमन्त्रीज्यू तपाई साँच्चिकै राजनेता हुनुहुँदो रहेछ

काठमाडौं । मलाई माफ गर्नुहोला प्रधानमन्त्रीज्यू, तपाई साँच्चिकै राजनेता हुनुहुदोरहेछ, मैले चिन्न सकिन छु, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार ब्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि भने हिजो पनि सहकार्य गरेका थियौ, भोली पनि सहकार्यको आशामा छु ।
ब्यवस्थापिका संसदमा प्रधानमन्त्री ओलीले राजीनामा दिएको घोषणा गरेपछि च्याम्वरमा पुगेका थिए । ओली आफ्नो च्याम्वरमा पुगे लगतै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्ना अन्य नेता र ओली सरकारमा सहभागि मन्त्रीहरुलाई लिएर पुगेका थिए ।
मैले तपाईलाई चिन्न सकिन छु, तपाई बास्तवमा राजनेता हुनुहुदो रहेछ, प्रचण्डको भनाई उर्दृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने केही समस्या भयो, भोली पनि सहकार्य गर्न जरुरी छ, म त्यसका लागि आशाबादी छु ।
ओलीले पनि भावि प्रधानमन्त्रीका लागि दाहाललाई शुभकामना दिए । तपाई भावी प्रधानमन्त्री बन्दै हुनुहुन्छ, तपाईलाई सफलताको शुभकामना, हाम्रो सहकार्य तपाईको ब्यवहार र कार्यशैलीमा भर पर्छ ।
त्यस लगतै ओली सरकारका गएका माओवादी मन्त्रीहरुले ९ महिनासँग काम गर्दा आफुहरुको शिर पनि ठाडो भएको बताए । तपाईसँग काम गर्दा हामीलाई कुनै आत्मग्लानी छैन, बरु शिर ठाडो भएको छ, गृहमन्त्री रहेको शक्तिबहादुर बस्नेतले भने ।
तत्कालै माओवादी केन्द्रका अध्यक्ष दाहालले फोटो खिच्न आग्रह गरे । त्यसपछि माओवादीबाट सहभागि मन्त्रीसहित दाहालले प्रधानमन्त्री ओलीसँग तस्विर खिचाए ।

One thought on “प्रचण्डले भनेः प्रधानमन्त्रीज्यू तपाई साँच्चिकै राजनेता हुनुहुँदो रहेछ
  1. लगन पछीको सिन्दुर पोचे
    उखान, पुर्खाले त्यतिकै वनाको हैन रैच ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice