राजेन्द्र पाण्डेले भैसी व्यापारीसँग तुलना गर्दा प्रचण्डको मुहारमा मुस्कान

सभ्य र मर्यादित  भाषा प्रयोग गर्नुपर्नै माननीय केही सासंदहरुले ससंद भवन भित्रै  अशिष्ट शव्द प्रयोग गर्दै चलिरहेको छलफल सकिइएको छ ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अविश्वासको प्रस्ताव उपर छलफल गर्दा प्रधानमनमन्त्री ओली विरुद्ध अनेक खालको छेडखानी प्रहार गरे ।

त्यस्को प्रतिरक्षामा एमाले तथा सत्तासिन दलका सांसदहरु उत्रिएका छन । तिनै मध्यका एक सासंद राजेन्द्र पाण्डेले बोल्दै प्रचण्डलाई भैसी व्यापारीसँग तुलना गर्न भ्याएका छन ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार संसदमा पेश गरेके अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमाले सांसद राजेन्द्र पाण्डेले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भैंसी व्यापारीसँग तुलना गरे।

उनले  दाहाललाई भैंसी व्यापारीसँग तुलना गर्दा दाहाल भने मुसुमुसु हाँसीरहेका थिए।  पाण्डेले भैंसी व्यापारीले अरुको भैंसीलाई नराम्रो कम मुल्यको भनेर सस्तो मुल्यमा आफूले किन्ने र आफ्नोमा ल्याइसकेपछि त्यही भैंसीको गुणगान गाएर बढी मुल्यमा बेच्ने गरेको प्रसंग सुनाए।  उनले प्रधानमन्त्री ओलीसँग सहकार्य गरुन्जेल ओली राष्ट्रवादी, गणतन्त्रवादी र विकास प्रेमी भएको  तर दाहाल सरकारबाट बाहिरिएपछि एकाएक गणतन्त्र र संघीयता मन नपर्ने व्यक्तिको रुपमा संसदमा भाषण गरेकोतर्फ व्यंग गरे।

सिजन अनुसारको बोली बोल्न नेताहरु सिपालु भएको बताउँदै उनले संसदीय अभ्यासको संसारकै गुरु हुन बेर नलगावउने टिप्पणी गरे।  कांग्रेस सभापति शेरबहादु देउवा तर्फ देखाउँदै उनले भएको संसद अन्तै बुझाए सडकमा पनि संसद खोज्दै हिडेको बताए।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice