प्रधानमन्त्री ओली मन्त्रीहरुसँग आकस्मिक छलफलमा

के होला र कसो होलाको बीचमा अनेक अन्योलता र यही बीचमा अनेक विश्लेषण भइरहँदा प्रधानमन्त्री ओली भने  अहिले अकस्मात छलफलमा जुटेकाछन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अविश्वासको प्रस्ताव र त्यही प्रस्ताव माथि टेकेर सांसदहरुले लगाएको अनेकन लाच्छनाको प्रतिवादरुपी जवाफ तयार गर्ने प्रधानमन्त्री ओली तयारीमा जुटेका हुन ।

विपक्षी सासंदहरुले लगाएका लाच्छनाको कसरी जवाफ दिने भन्ने छलफलमा प्रधानमन्त्री ओली तयारीमा जुटेका हुन । गत विहिवार देखि सुरु भएको अविश्वासको प्रस्ताव माथि छलफलको क्रममा सांसदहरुले लगाएका लाच्छनाको प्रतिवादरुपी जवाफ बनाउन प्रधानमन्त्री ओली सरकारमा रहेका मन्त्रीहरुसँग छलफलमा जुटेका हुन ।
अहिले वालुवाटारमा चलिरहेको उक्त छलफलमा प्रधानमन्त्री ओली सहित उपप्रधानमन्त्री सिपि मैनाली,चित्र बहादुर केसी,एकनाथ ढकाल लगायतका समर्थन दिएका दलका मन्त्रीहरुसँग छलफलमा जुटेकाहुन ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार केही समय पछाडि संसदमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका आरोपहरुको कडा प्रतिवाद गर्नेछन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice